इलाम नगरपालिकाले निर्माण गरेका ऐन, नियमावली र सम्झौता पत्रका संग्रह आज एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ । स्थानीय तह निर्माणपछि नगरपालिकाले बनाएका ऐन, नियमावलीको समूहगत रुपमा प्रकाशन गरेको हो । पुस्तकको नगरपालिकाका प्रमुख महेश वस्नेत, उपप्रमुख सुशीला नेम्बाङ र प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेलले सामूहिक रूपमा लोकार्पण गरेका हुन् ।
नगरपालिकाले आफूले निर्माण गरेका कानुन, सम्झौता पत्र र विकास निर्माण मापदण्ड जनता समक्ष पु¥याउन संग्रह निकालेको हो । नगरपालिकाले जनप्रतिनिधि आएपछि दुई सय ११ वटा ऐन निर्माण गरेको छ । संग्रह लोकार्पण गर्दै नगरप्रमुख महेश बस्नेतले यी पुस्तकले नगरपालिकाको संस्थागत विकास गर्न कोशढुंगा भएको बताए । अबका दिनमा अदालतमा नगरपालिकाविरुद्ध मुद्दा परेमा नगरपालिकाकै कानुन अनुसार कारबाही अघि बढ्ने बताए ।
बस्नेतले स्थानीय तहमा जनप्रतिनिधि आएको दुई बर्षसम्म काम नै नगरेको भन्दै आलोचना भएपनि कानुनी प्रावधान बनाउँदा काम नभएको देखिएको बताए । यस्तै, कार्यक्रममा जनप्रतिनिधिको तर्फबाट स्वगत मन्तव्य राख्दै इलाम नगरपालिका वडा नं. ४ का वडाध्यक्ष नुतनदेव दुलालले कानुन नहुँदा विकास निर्माण कार्य समेत नहुने भएकाले नगरले कानुनलाई पहिलो प्राथमिकतामा राखेको बताए । नगरपालिकाको विशेष नगर सभा समेत आजै सम्पन्न भएको थियो ।