इलामका १० मध्ये ८ स्थानीय तहमा नेकपा एमालेका नयाँ प्रतिनिधि चुनिएका छन् । वडास्तरमा सम्पन्न अधिवेशनमा एक अध्यक्ष, १ अध्यक्ष,१ उपाध्यक्ष, १सचिब र २ उपसचिव सहित ३१ सदस्यीय रहने व्वस्था छ । बाढी र पहिराेका कारण समस्या भएपछि माङ्सेबुङ र फाकफाेकथुम गाउँपालिकामा स्थगित भएकाे छ ।
माईजोगमाई गाउँपालिका
माईजोगमाई गाउपालिकाको ६ वटै वडामा नेकपा एमालेले नेतृत्व चुनेको छ । आज भएको वडा अधिवेशनबाट एमालेले नेतृत्व टुंगो लगाएको हो । वडा नं १ मा हालका वडाध्यक्ष यामकुमार कार्की अध्यक्ष तथा निर्मला राई उपाध्यक्ष सहित ३१ सदस्यीय वडा कमिटी गठन भएको छ । वडा नं २ मा गणेश सुवेदी अध्यक्ष डिकबहादुर खडका उपाध्यक्ष, जीत बहादुर थापा सचिव सहित ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ । वडा नं ३ मा चन्द्र बहादुर लिम्बुको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन भएको छ । उपाध्यक्षमा भिम ढकाल सचिवमा युवराज घिमिरे र तोया घिमिरे रहेका छन । यस्तै ४ नं वडामा योगेन्द्र पौडेल को अध्यक्षतामा बिधान महाधिवेशनले तोकेको ३१ सदस्यीय वडा कमिटी गठन भएको छ । कृष्ण लिम्बु उपाध्यक्ष चयन भएका छन । वडा नं ५ को अध्यक्षमा महेस सापकोटा साथै हिमा शिवाकोटी उपाध्यक्ष प्रेम राई सचिव सहित ३१ सदस्यीय वडा कमिटी गठन भएको छ । यस्तै वडा नं ६ को अध्यक्षमा दिपेश सोङ्मी उपाध्यक्षमा बिजय प्रसाद थेबे सचिव नरेन्द्र देउसाली सहित ३१ सदस्यीय वडा कमिटी गठन भएको नामसालिङ्ग बाट एलिस सुवेदीले जानकारी दिए ।
माई नगरपालिका
नेकपा एमाले माई नगरपालिका वडा अधिवेशनबाट नेतृत्व चयन भएको छ । कार्तिक–६ गते शुरु भएको अधिबेशनमा सर्बसम्मत नेतृत्व चयन भई रहेको छ। बडामा १ अध्यक्ष,१ उपाध्यक्ष, १सचिब र २ उपसचिव सहित ३१ सदस्यीय नेतृत्व रहने ब्यवस्था बमोजिम माई–१ मा अध्यक्ष अर्जुन राई चयन भएका छन् । त्यस्तै माई–२ मा अध्यक्ष उर्द बहादुर राई, उपाध्यक्ष हरिमाया गौतम, सचिव राजेन्द्र निरौला, सहसचिवमा मुना देबि तामाङ र दिपक लिम्बु रहेका छन् । माई–३ मा अध्यक्ष राजेश चौहान, उपाध्यक्ष रेशमा राई, सचिव लाल बहादुर श्रेष्ठ , उपसचिवमा अमृता मगर र सुमन राई चयन भएका छन्। त्यस्तै माई–४ मा सचिब बिकास बास्तोला निर्बिरोध चयन हुनुभएको छ भने अध्यक्षका ३ आकांक्षी टेक बहादुर मगर, प्रेम दुलाल र जीत बहादुर केरुङको दाबेदारी परेपछी सहमतिका लागि आईतबार बिहान सम्मलाई अधिबेशन स्थगित गरिएको छ। माई–५ मा अध्यक्ष कृष्ण श्रेष्ठ सहित सबै पदमा सर्बसम्मत भएको छ। माई–६ मा अध्यक्ष जीत बहादुर बुढाथोकी,उपाध्यक्ष युग बहादुर थेगिम, सचिब राजन शेर्मा, सहसचिव बुद्ध राज योङहाङ र दिल बहादुर कुरुङबाङ्ग लगायत चयन भएका छन् । त्यस्तै माई –७ मा अध्यक्ष देउ बहादुर लिम्बु, माई –८ मा अमृत मोक्तान, माई–९ मा महेन्द्र लावती र माई१० मा गणेश राईको नेतृत्वमा सर्बसम्मत वडा कमिटी चयन भएको छ।
सन्दकपुर गाउँपालिका
इलाम नगरपालिका वडा नं १ काे अध्यक्षमा वेदप्रकाश राइ,उपाध्यक्षमा रेशबहादुर कटुवाल, सचिवमा रमेशकुमार राइ, सह सचिवमा विशाल कार्की र धनमाया डाँगी निर्वाचित भएका छन् । यस्तै वडा नं २ काे