वरिष्ठ गायक गीतकार तथा सगींतकार गणेश रसिकलाई पत्नी शोक परेको छ । नेपाल सगींत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव समेत रहेका रसिककी धर्मपत्नी निरा सेरचन राईको हिजो बुधबार निधन भएको हो । गत असोज १९ गते कोरोना पोजेटिभ भएर अस्पताल भर्ना भएकी ६८ बर्षिय शेरचनको १ साता आईसियुमा र त्यसयता भेन्टीलेटरमा राखेर ह्याम्स अस्पताल काठमाडौ उपचार हुँदै आएको थियो । भेन्टिलेटरमै राखेर उपचाररत रहेको अवस्थामा बुधबार दिउँसो २ बजे निधन भएको हो । मृतकको अन्तिम दाहास्कार बिहीबार बिहान १० बजे पशुपति आर्यघाटमा विद्युतीय शवदाह ग्रीहमा हुनेछ । उनको एक छोरा एक छोरी छन् । छोरा निमेश रसिक राईको गत २०६७ सालमा फिक्कल रम्फोकस्थित घरमा निधन भएको थियो ।