झाँक्री अस्पताल भर्ना

शहरी विकास मन्त्री रामकुमारी झाँक्री बिरामी भएर अस्पताल भर्ना भएकी छिन । मन्त्री झाँक्री दुई दिन देखि विरामी थिइन् । उनलाई सामान्य रुघा खोकी र ज्वरोको समस्या देखिएको थियो । मंगलबार साँझ उच्च ज्वरो आएपछि उनलाई वीर अस्पताल लगिएको उनका सहयोगी फुर्वा लामाले बताए ।‘मन्त्रीज्यूको स्वास्थ्य परिक्षण भइरहेको छ । प्रारम्भिक नतिजामा सामान्य निमोनिया देखिएको छ । आज साँझसम्म सबै परीक्षणको रिपोर्ट आउँछ’, लामाले बताए ।  मन्त्री झाँक्रीलाई वीर अस्पतालको भीआईपी क्याबिनमा राखेर उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार