झापामा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, २ घाइते

  झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । झापाको गौरादहमा शुक्रबार बिहान भएको मोटरसाइकल दुर्घटनामा गौरादह ५ का करिब ४० वर्षीय वेणु अधिकारी (भानु)को मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

       दुइटा मोटरसाइकल ठक्कर खाँदा आज बिहान ८ बजे दुर्घटना भएको हो। दुर्घटनामा मे ९ प २७०३ को मोटरसाइकलका चालक अधिकारीको मृत्यु भएको हो । उक्त मोटरसाइकल मे ६ प ५४१६ नम्बरको मोटरसाइकलसँग ठक्कर खाएको थियो । दुर्घटनामा गौरादह ५ चप्रामारीका ३० वर्षीय अनुप राजवंशी र १६ वर्षीय ललित शर्मा घाइते छन् । उनीहरूको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार