भोर्लेनीमा जनगणना सम्बन्धी अभिमुखीकरण


इलाम । इलाम नगरपालिका वडा नं. ५ को भोर्लेनीमा एक दिने जनगणना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
टेवा नेपालकाे सहयाेगमा सहयात्रा नेपालले आयोजना गरेको जनगणना अभिमुखीकरणमा इलाम नगरपालिकाकी वातावरण अधिकृत लुना खतिवडाले सहजीकरण गरेकी थिइन् । सहयात्रा नेपालकी अध्यक्ष हेमकुमारी शिवाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन इलाम नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ठाकूरनारायण श्रेष्ठले गरेका थिए । भाेर्लेनीकाे दलित बस्तीमा आयाेजित कार्यक्रममा जनगणना किन, कसरी गरिन्छ र नागरिकले कसरी सहयोग गर्ने भन्ने विषयमा अभिमुखीकरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार