विज्ञान भन्छः अन्डा शाकाहारी नै हो

सामान्यतः शाकाहारी भन्नाले जनावरको निश्चित उत्पादन नखाने व्यक्तिलाई जनाउँछ। सबै शाकाहारीले मासु खाँदैनन्। तर, शाकाहारीले अन्डा खान्छन् भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ। प्रायःजसो शाकाहारी खानेकुरा भन्नाले जनावरको मासु नखानु भन्ने बुझिन्छ। तसर्थ, कतिपय शाकाहारीले अन्डा खान्छन्। यद्यपि, उनीहरुले कुखुरा र माछालाई भने आफ्नो दैनिक खानेकुरामा समावेश गरेका हुँदैनन्।

अझै धेरै व्यक्तिले अन्डालाई शाकाहारी खानेकुराका रुपमा मान्यता दिँदैनन्। यदि पोथी र भालेको सम्भोगपछि उत्पादित अन्डाबाट चल्ला कोरलिन्छ। त्यही भएर जनावरको मासु नखाने शाकाहारीले अन्डा खान नहुने तर्क राख्छन्।

यदि अन्डा निषेचित गरिएको छैन र चल्ला कोरलिने सम्भावना छैन भने त्यसलाई शाकाहारी मान्नुपर्छ भन्ने तर्क पनि छ। त्यस्तो अन्डालाई दूध र नौनीजस्तै जनावरको उत्पादन मान्ने गरिन्छ। व्यवसायिक रुपमा उत्पादित ग्रसरीमा पाइने अन्डा अनिषेचित हुन्, तिनीहरुबाट चल्ला कोरल्न मिल्दैन। हिन्दु, जैनजस्ता केही धर्मले शाकाहारी खानेकुरालाई जोड दिन्छन् र उनीहरुले अन्डालाई पूर्ण रुपमा निषेध गर्नुका साथै पटक्कै शाकाहारी मान्दैन।

तर, पछिल्लो समयमा विज्ञानले भने अन्डा शाकाहारी भएको पुष्टि गरिसकेको छ। वैज्ञानिकहरुका अनुसार अन्डामा बाहिरी बोक्रा, सेतो र पहेलो गरी तीन भाग हुन्छ। सेतो भागमा प्रोटीन हुन्छ भने पहेलो भागमा प्रोटीन, कोलेस्टेरोल र फ्याट हुन्छ। हामीले खाने अन्डा निषेचित (फर्टिलाइज्ड) नभएको हुनाले त्यसबाट चल्ला कोरिलिने सम्भावना हुँदैन। त्यही भएर वैज्ञानिकहरुले अन्डालाई शाकाहारी पुष्टि गर्दै वर्षौदेखिको विवाद अन्त्य गरिदिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार