एसइइमा उत्कृष्ट अंक ल्याउने आमचोकका पाँच विद्याथीसहित दुई शिक्षक सम्मानित

   फाकफोकथुम गाउँपालिका ३ आमचोकका पाँचजना विद्याथी र दुईजना शिक्षक सम्मानीत भएका छन । साविक आमचोक गाविसका माध्यमिक विद्यालयमध्ये एसइइमा उत्कृष्ट जिपिए ल्याउने तीन छात्र दुई जना विद्याथीसहित दुईजना शिक्षक सम्मानित भएका हुन् । सम्मानित हुनेमा सिंहदेवी माध्यमिक विद्यालयका ३.७५ जिपिए ल्याउने लक्ष्मी समाल र ३.२५ जिपिए ल्याउने दुईजना उत्तम थेगिम र उत्तम लिम्बु रहेका छन् ।
त्यस्तै छायाँदेवी माविका सुरक्षा कार्की र प्रकाश निरौला रहेको छाँयादेवी माविका शिक्षक जीवन सुवेदीले बताए । कार्कीको ३.२० जिपिए र निरौलाको ३.०५ जिपिए रहेको थियो । नैनाचित्रा पाण्डे स्मृति अक्षयकोष र भीमलाल बसुन्धरा अक्षयकोषबाट समाल,कार्की र निरौलाले नगद १३ हजार पाँचसय रुपैयाँ पाए भने बराबरी जिपिए ल्याएका उत्तम थेगिम र लिम्बुले छहजार सातसय ५० रुपैयाँ सहित सम्मानीत भए । त्यस्तै शिक्षक कटुवाल र बस्नेतले जनही तीन हजार सहित सम्मानीत भएको शिक्षक सुवेदीले बताए ।
आमचोकभित्रका माध्यमीक विद्यालयबाट एसइइमा उत्कृष्ट दुई विद्याथीलाई सम्मान गर्ने गरी फाकफोकथुम गाउँपालिका तीन आमचोकका टेकबहादुर, श्यामसिङ र तिर्थराज पाण्डेले स्वर्गीय बुबा, आमा नैनसिङ र चित्रमाया पाण्डेका नाममा पाँचलाखको अक्षयकोष स्थापना गरेका हुन ।  त्यस्तै छाँया देवि माध्यमीक विद्यालयका पूर्व शिक्षक गुरुभक्त लामिछानेले बुबा,आमा स्वर्गीय मिनलाल र बसुन्धरा लामिछानेको स्मृतिमा ४० हजार चारसय ८० को अक्षयकोष स्थापना गरी दुई जना विद्याथी सम्मना गरिएको हो । विद्ययालय व्यवस्थापन समितिका अध्यक्ष पदमराज कार्कीको अध्यक्षता र फाकफोकथुम गाउँपालिका वडा न. १ का अध्यक्ष टेकवीर नेम्माङको प्रमुख आतिथ्यतामा भएको कार्याक्रममा छाँयादेवि माध्यमिक विद्यालयका प्रधानाध्यापक टेकवीर खड्काले स्वागत मन्तव्य राखेका थिए । त्यस्तंै मिनलाल बसुन्धराका संस्थापक गुरुभक्त लामिछाने र नैन चित्राका अध्यक्ष टेकविर पाण्डेले कार्यक्रमको औचीत्यमाथि चर्चा गरेको शिक्षक सुवेदीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार