बेमौसमी वर्षाका कारण तहसनहस भएको संरचनाको पुन: निर्माणमा लाग्नुपर्छ : कार्यवाहक प्रधानमन्त्री खाँण

कार्यवाहक प्रधानमन्त्री एवम् गृहमन्त्री तथा बालकृष्ण खाँणले बेमौसमी वर्षाका कारण तहसनहस भएको संरचनाको पुन: निर्माणमा लाग्नुपर्ने बताएका छन । बाढीपहिरोका कारण सबैभन्दा बढी क्षतिभएको पूर्वी पहाडका जिल्लाको अवलोकन गर्दे इलाम आएका खाँणले संरचनाको पुन: निर्माणमा लाग्नुपर्ने बताएका हुन् ।

    पहिरोले सडकमा ठूलो क्षतिगरेको र अन्य संरचनालाई पनि भत्काएको भन्दै उनले प्रधानमन्त्री राहतका लागि आएका थियो त्यसको अनुगमन सँगै पुन: निर्माणका लागि अध्ययन गर्न हाम्रो टोली आएको बताए । उनले वेमौसमी वर्षले धेरैलाई घरवारविहिन बनाएको र कृषिबालीमा ठूलो क्षति गरेको बताए ।

     यसवर्ष धान उत्पादन सँधैको तुलनामा राम्रो थियो तर वर्ष सकिएपछि आएको बाढीपहिरोले ठूलो क्षति गरेको बताए । खाँडले पहिले पहिरो रोक्न रुखविरुवा रोप्नुपर्ने पढेका थियौ तर यतिवेला रुखविरुवा भएकै ठाउँमा पहिरो गएको भन्दै भौगोलिकता अनुसार कस्तो विरुवा रोप्दा ठिक हुने भन्ने अध्ययन गरेर अघि बढ्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार