नेकपा एस माई नगर कमिटीमा अनिल

नेकपा एकीकृत समाजबादी माई नगर कमिटीको प्रथम अधिवेशनबाट अनिलकुमार तामाङको अध्यक्षतामा १०१ सदस्यीय नगर कमिटी र राजकुमार एक्तेनको अध्यक्षतामा ५१ सदस्यीय युवा संघको कमिटी गठन गर्दै सम्पन्न भएको छ । कार्यक्रमबाट उपाध्यक्षमा पुष्प खनाल, सचिवमा हरी नेपाली, उपसचिवमा सुक बहादुर राई र नर बहादुर लिङ्देन चयन भएका छन् ।

अधिबेशनमा युवा संघ इन्चार्जमा नरवहादुर लिङ्देन र सचिवमा अमर रामदाम चयन भएका छन् । पुष्प खनालको अध्यक्षतामा सम्पन्न अधिवेशनमा अतिथीहरु जिल्ला कमिटी अध्यक्ष भक्त केसी, जिल्ला कमिटी सदस्य तथा सूर्योदय नगरपालिकाका मेयर आरवी राई, जिल्ला समन्वय समिति इलाम उपाध्यक्ष चित्रकला बराइली, युवा संघका संजिव राई, प्रत्युस राना लगायतले शुभकामना मनतब्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार