फाकफोकथुमका पहिरोपीडितलाई आर्थिक सहयोग

फाकफोकथुम गाउँपालिका ३ का बेमौसमी बाढीपहिरो पीडित परिवारलाई सिरिजङ्गा सांस्कृतिक क्लबले राहत हस्तान्तरण गरेको छ । फाकफोकथुम ३ रातमाटेमा रहेको क्लवले पहिरोबाट मृत्यु भएको परिवारका श्रीमान कटुवाललाई नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन । उक्त परिवारलाई स‌‌स्थाका अध्यक्ष मचिन्द नेम्वाङ र संस्थापक सदस्य रामप्रसाद थेगिम (फिपराज) ले हस्तानान्तरण गरेको अध्यक्ष नेम्वाङले बताए । त्यस्तै एकमहिना अघि क्लवले फाकफोकथुम गापा वडा न ४ का मृर्गौला पीडित वीरवहादुर दर्लामी मगरलाई पनि सहयोग गरेको छ । सिरिजंगा सांस्कृतिक क्लबको संयोजन र रमेश खतिवडाको सहसंयोजनमा सहयोग संकलन अभियान सञ्चान गरी ५५ हजार रुपैयाँ सहयोग गरेको सह–संयोजक खतिवडाले बताए ।

अभियानमा सिरिजंगा सांस्कृतिक क्लब १२ हजार, रमेश खतिवडाले तीनहजार, हाल साउदी अरेवियामा भएका गजुरमुखीका नरबहादुर योङ्हाङले १० हजार, मोरङका धनेन्द्र यम्बुले चारहजार, इलामका भोजराज तामाङले चारहजार, तेह्रथुमका रविन साँवाले पाँचहजार, तनहुँका एडि थापाले तीनहजार, काठमाडांैका ममिक क्षेत्रीले दुईहजार, हाल कोरिया रहेका पाल्पाका सन्तोष मल्लले दुईहजार रुपैयाँ गरि ५५ हजार रुपैयाँ सहयोग गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार