प्रशासनले ताेकेकाे भाडा दर कार्यान्वयन भएन, यात्रु मारमा


इलाम । चडवाडको समयमा यात्रुबाट मनपरी भाडा असुल नहोस् भनेर देशभरिनै सरकारले नयाँ भाडादर कायाम गर्यो । सरकारले नयाँ भाडादर तोके पनि सरकारको नियम विपरित भाडा असुली रहेका छन ।

दशैं अगावै जिल्ला प्रशासन कार्यालय इलामले जिल्लामा नयाँ भाडादर निर्धारण गरेपनि कार्यान्वयन हुन नसक्दा यात्रु तोकेको भाडादरभन्दा बढी भाडा तिर्न बाध्य छन् । जसमा लाेकल र जिल्लाका ग्रामीण क्षेत्रमा गुड्ने यातायात रहेको पाइएको छ । गत असोज ६ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको यातायात व्यवस्थापन समितिको बैठकले जिल्ला भित्रका विभिन्न ठाउँ र जिल्ला बाहिरका केही ठाउँमा गुड्ने यातायातका लागि नयाँ भाडादर निर्धारण गरेपनि चालकले आफूखुसी भाडा उठाएको पाइएको हो ।

जिल्लाको इलाम–राँके दुई सय सात रुपैयाँ तोकेपनि यात्रुसँग तीनसय रुपैयाँ भाडा उठाउने गरेका छन् । त्यस्तै इलाम–मंगलबारे पनि दुई सय ७ भाडादर रहेकोमा तीनसय रुपैयाँ उठाएको पाइएको हो । नयाँबजार–इलाम दुई सय ६८ रुपैयाँ भाडादर तोकीएको ठाउँमा तीन सय रुपैयाँ लिने गरेका छन । इलाम–झापा तीनसय चार रुपैयाँभाडादर तोकिएकोमा चार सय रुपैयाँ उठाउने गरेका छन् भने इलाम–माङसेबुङ चारसय ५० तोकेकोमा पाँचसय उठाउने गरेको पाइएको छ । त्यस्तै इलाम–आमचोक चार सय ८८ रुपैयाँ तोकेकोमा आठ सयदेखि एकहजार रुपैयाँ उठाउने गरेका छन भने इलाम–कोल्बाेटे तीन सय ३६ रुपैयाँ भाडादर तोकेपनि चार सय रुपैयाँ उठाउने गरेका छन । उता इलाम–दोकानडाँडा तीनसय ३६ रुपैयाँ तोकेकोमा चारसय रुपैयाँ लिने गरिएकाे छ ।  त्यस्तै इलाम–जितपुर दुई सय ६८ भाडा तोकीएपनि चारसय रुपैयाँ सम्म उठाउने गरेको पाइएको छ । व्यवसायीसँग यात्रुले जिल्ला प्रशासन कार्यालय इलामले तोकेको भडा त यत्रो छ र भनेर प्रश्न गर्दा भडादर त कम तोकेको छनि तर बाटो बनाएको छैन यस्तो बाटोमा गाडीलाई मार पर्छ दैनिक बनाउनु पर्ने हुन्छ, तेलको दाम पनि बढेको छ भनेर व्यवसायीले गैर जिम्बेवार जवाफ दिने गरेका छन ।
यातायात व्यवस्थापन समितिले जिल्लाका ६९ ठाउँको नयाँ भाडादर तोकेको भएपनि कार्यान्वयन हुन नसक्दा यात्रुसँग मनखुसी भाडा असुल्ने गरेका छन । यसरीे मनखुसी भाडा असुल्दा पनि नियमकारी निकाय मूकदर्शक बनेको छ । तोेकेको भाडादर भन्दा बढी भाडा उठाइरहेको विषयमा पूर्वेली जीप तथा ट्याक्सी यातायात सेवा प्रालिका अध्यक्ष गृश्म सुब्बाले तोकेको भाडादरभन्दा बढी कसैले पनि असुल्न नपाउने बताउँछन् । ‘हाम्रो संस्थामा दर्ता भएका गाडीमा यात्रा गरेका यात्रुलाई पटक पटक टिकट दिन आग्रह गरीरहेको छाैं ।’ उनले भने ‘संस्थामा दर्ता नभएका गाडी पनि सञ्चालनमा रहेको हुँदा यसको नियन्त्रणमा प्रहरी, ट्राफिक प्रहरीले चेक गर्नुपर्ने  सुव्बाले बताए । उनले भने ‘जिल्लाका धेरै ठाउँमा प्रहरी कार्यालय छन् यात्रुले पनि उजुरी गर्नुपर्ने हो तर उजुरी नगर्दा मिलेमतोमै भाडा तिरेको जस्तो देखिएको छ ।’ उजुरी परेमा त्यस्ता गाडीलाई तत्काल कार्वाही गरिने र यात्रुले पनि यसका लागि सहयोग गरिदिन आग्रह उनले आगंह गरे । सुब्बाले टिकट दिन आग्रह गरेको भनेता पनि जिल्ला भित्र गुड्ने कुनैपनि सवारी साधनले टिकट उपलब्ध गराउने गरेका छैनन ।
प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले भाडादर कार्यन्वयनको लागि सम्पूर्ण शक्ति लगाएर लागेपनि यात्रुबाट सहयोग नपाउँदा समस्या रहेको बताए । उनले ‘यात्रुले खुसुक्क भाडा तिर्छ टिकट माग्दैनन अनि उजुरी गर्छन प्रमाण विना उजुरी गरेको कारण कार्वाही गर्न सकेका छैनौं । यात्रुले भाडा तिर्दा तोकिएको भाडाभन्दा बढी माग्यो भने तत्काल प्रहरीलाई जानकारी गराए पनि कार्वाही गर्न सजिलो हुन्छ, प्रजिअ खड्काले भने ‘भाडादर कार्यान्वयनका लागि सबै गाडीमा भाडादर टाँस्नुपर्ने भनेपनि व्यवसायीले नटाँसेपछि प्रहरीले आँफै टाँसिदियो तर कतिपय व्यवसायीले च्यातेर फालिसके त्यसैले यात्रुनै सचेत हुँने र तोकेको भन्दाबढी भाडादर उठाएमा उजुरी गर्ने हो भने कार्यान्वयनमा ल्याउन सकिन्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार