कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्धितीया सम्मलाई यमपञ्चक भनिन्छ । पाँचदिन सम्मचल्ने र सबै दिन यमराजसँग सम्बन्धितभएकाले यी दिनहरुलाई यमपञ्चकभनिएको हो । यम सूर्यपुत्रहुन् । खासगरी बहुलदेवतामा कुकुरतिहार, गाईतिहार, गोरुतिहार र भाइतिहारजस्तानामदिई पाँचदिनसम्मधूमधामलेयो चाड मनाइन्छ । दीपमालिकातिहारको अर्को विशेषपक्षहो ।तिहार फूलैफूलको पर्व हो, झिलीमिलिबत्तीको उज्यालो पर्व हो । तिहार देउसी, भैलीअनिफलफूल मिठाई र सेलरोटी खाने पर्व पनिहो । दशैंको विशेषता मध्ये पहेंलो जमरा भएझैं तिहारको विशेषताफूलैफूल, झिलीमिलीबत्ती अनि सेलरोटी एवं मिठाईहरुको परिकार खाने पर्व पनि हो । मानिसको पशुपन्छि एवं दाजुभाईको दिदीबहिनीसँग मिलन गराउने पर्वको रुपमा पनि तिहारलाई लिन सकिन्छ ।
कागतिहार
यमपञ्चकको पहिलो दिनबिहान घर लिपपोत गरि शुद्ध बनाई आँगनमा वैदिकविधिविधानअनुसार यमदुतका रुपमाकागको पूजागरिन्छ र कागलाई मीठो लाग्ने खाना दिइन्छ । कागलाई यमराजको दूत, सत्यवादी, भविष्य द्रष्टा र सन्देशवाहक पन्छी मानिन्छ । कागले पौराणिक रुपमामात्रनभएर सामाजिक रुपमापनि घर गाँउमा रहेकाकतिपयफोहोरमैलाखाएर वातावरण सफागर्ने गर्छ ।
कुकुरतिहार
यमपञ्चकको दोस्रो दिनलाई नरक चतुर्दशीअर्थात् कुकर तिहार भनिन्छ । यसदिनबिहानै तेल लगाएर दतिउन गरी स्नानगर्नुपर्दछ । आफ्नापितृहरुलाई सम्झेर नदीतलाउमादीपप्रवाहगरिन्छ । त्यसपछि कुकुर पुजागरिन्छ । कुकुरलाई यमराजकोदूत र भैरवको वाहन मानिन्छ । कुकुर तिहारकादिन शरीरमातोरीको तेलमर्दन गरी स्नानगर्नाले छालाको रोग र चिसोबाट बच्न सकिने जनविश्वास छ ।
गाईतिहार र लक्ष्मीपूजा
यमपञ्चकको तेस्रो दिनअमावस्यालाई लक्ष्मीपूजावागाईतिहारे औसी पनि भनिन्छ । यसदिनबिहानै घर लिपपोत गरी सफा भई लक्ष्मीलाई समन्त्रपूजन गरिन्छ । घरमाधनधान्य लक्ष्मीको प्रतिमूर्ति गाईको सिङ, खुरमा तेल, घाँटीमा माला लगाइन्छ र फलफूल, रोटी(बाबर) लगायत मीठामीठा खाद्यसामग्री समेत खुवाई पूजागरिन्छ ।यसैदिनधनकी देवीलक्ष्मीको पूजापनि हुन्छ । यसरात्रिलाई सुखरात्रिपनि भनिन्छ । यस दिन देउसीभैलो पनि खेलिन्छ । साँझपखमहिला, पुरुष, बालबालिका समूहबनाइभैलीरामभन्दै घरघर डुल्छन् र लक्ष्मीवास गर्ने आशीर्वाद दिन्छन् । यशकीर्ति, ऐश्वर्य, उन्नतिकालागि सन्ध्याकालमाकोठा, प्राङ्गण, गौशालाजलाशयआदिमादियो बाल्ने गरिन्छ ।
यसैदिनधनकी देवीलक्ष्मीपूजापनि हुन्छ । घरबाहिरदेखिगोबरले लिपेर लक्ष्मीको पाइलाबनाएर पूजाकोठा, धनसारसम्म लगिन्छ। समृद्धिको चाहना, खुशी, ऐश्वर्य, शान्तिचाहनेले लक्ष्मीपूजाकादिनविशेष धनको पूजा, कुवेरको पूजागर्ने गर्छन् । पसल, प्रतिष्ठान, ढुकुटी, अन्नआदि सबैतिर विशेष धूप, बत्ती, मिष्ठान्न, फलफूल, सौभाग्य, वस्त्र सहित पूजागर्ने चलन छ । घर पसल रंग्याउने फूलले सजाउने, नरिवलमसला चढाउने, रंगोलीबनाउने गरिन्छ । मिठाइ, सेलरोटी, अनरसा आदि चढाइन्छ र बाँडिन्छ । ओखर, कटुस, बिमिरोसहितलक्ष्मीको प्रतिमाको पूजागरिन्छ । आयूलक्ष्मी, कीर्तिलक्ष्मी, भोगलक्ष्मी, स्थिरलक्ष्मीको पूजागरिन्छ । यस रात्रिलाई सुख रात्रिपनि भनिन्छ ।
गोवद्र्धन पूजा, गोरुतिहार एवं म्ह पुजा
यमपञ्चकको चौथो दिनलाई गोवद्र्धन पूजा र गोरुतिहार भनिन्छ । गोरुको पूजागर्नुअघि गाईको गोबरले गोवद्र्धन पर्वतको निर्माण गरी विधिविधानअनुसार पूजागर्नुपर्दछ । आर्य जातिले गाईलाई विशेष महत्वदिएर माताका रुपमा सम्मान गर्ने हुनाले तिनीहरुको चरन, घाँसपात प्रदानगर्ने क्षेत्रलाई नै गोवद्र्धनका रुपमापूजागरिएको भन्ने गरिन्छ । यमद्धितीयाको दिनदाजुभाइमिलेर देउसी खेल्ने प्रचलन छ । कृषिकार्यमापशुहरु निकै सहयोगी छन् । तिनको सम्मानगर्ने उद्देश्यले यस पर्वमा विशेष गरी गोरुको पूजागर्ने चलन छ ।
यमपञ्चककापाँचदिनमध्येको चौथो दिनकार्तिक शुक्लप्रतिपदाको दिन नेपाल संवत् सुरु हुन्छ । नेपालको इतिहासमाअभिलेखको आधारमा प्रामाणिक ढंगमा भन्न सकिने लिच्छविकाल हो ।
म्हःपूजाअर्थात् आत्मपूजागर्ने प्रचलनबाट मानिस स्वयं पूर्ण छ र आफू पूर्ण भएपछि लोकको कल्याण गर्न सकिन्छ भन्ने देखाइएको छ । भातृपूजाको रुपमा तेल हाल्ने चलनबाट दाजुभाइ र दिदीबहिनीमा रहेको सम्बन्धलाई अझ गाढा बनाउने पद्धति देखाइएको छ ।दिदीभाइ र दाजुबहिनीको पर्व हो तिहार । यो पर्वमा चेलीले आफ्नादाजुभाइको पूजा गरी उनीहरुको दीर्घायुको कामना गर्छन् ।
भाइतिहार
यमपञ्चकको पाँचौ दिनलाई भाइटीका अर्थात् भ्रातृद्धितीया भनिन्छ । यसदिनशास्त्रीयविधिविधानअनुसार यम, यमुना र अष्टचिरञ्जीवीको पूजागरिन्छ । बहिनीयमुनाले आफ्नादाजु यमराजलाई यमलोकको कार्यबाट केही दिनको लागि विदा लिएर आउन निमन्त्रणा गरी आफ्ना घरमा सम्मानपूर्वकपूजाअर्चना गरेझैँ दिदीबहिनीहरुले यो दिनदाजुभाइको दीर्घायु, आरोग्यता र ऐश्व्र्य, कीर्ति आदिको प्राप्तिकालागि सप्तरंगी टीका लगाइदिने र मिष्ठान्न तथाविभिन्न परिकार खुवाउने प्रचलने रहेको छ । सयपत्री, मखमलीको मालालगाई तेलको धाराले परिक्रमा गरी यमुना, नवग्रह, विष्णु, गणेश, ब्रह्माजीआदिको पूजापनि यसै दिनगरिन्छ । यमराजका रुपमा रहेको कठोर ओखर, बिमिरो आदिको पूजा गरी ढोकामाओखर फुटाउने चलनपनि छ । टिका लगाइ सकेपछि दाजुभाइले पनिआफ्नादिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा, उपहार दिन्छन् ।
तिहार मुख्यतःधन, धान्य र सुख समृद्धिको पर्व हो । दसैंमाशक्तिको आराधना गरेपछि धनधान्यको बृद्धि, सुख समृद्धिको कामना यस पर्वमाजोडिन आउँछ । यमपञ्चककापाँचै दिनबत्तीबाल्ने प्रचलनले यसलाई प्रकाशसँगजोड्न पुगेको छ । कागपूजा, कुकुर पूजा आदिबाट पशुपक्षीलाई पनिआफ्नो जीवनको अभिन्नअंगको रुपमालिने पद्धति यसमा देखाइएको छ ।