आत्मानन्द कप हुने

dav

किरात धर्मगुरु मुहिङगुम अङसिमाङ लिङ्देन आत्मानन्द सेइङको ६८ औं जन्मोत्सवका अवसरमा इलामको माङसेबुङमा आत्मानन्द कप २०७८ आयोजना हुने भएको छ ।
आगामी मंसिर ११ देखि मंसिर १७ गते सम्म आयोजना हुने फूटबल कपमा नेपाल र भारतका गरि आठवटा टीम सहभागी हुने जनाइएको छ । आत्मा–पवित्र हक्चात यक्चुम माङसेबुङको आयोजनामा हुने प्रतियोगितामा माङसेबुङ गाउँपालिका खेलकुद समिति, गोधुली क्लब धरान, फिदिम स्र्पोटिङ क्लब पाँचथर र झापा –११ त्यस्तै बीबीएफसि दमक, रेडहर्ष इलाम, माने भञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत र श्रीजङ्गा स्र्पाेटिङ क्बल मोरङ सहभागी हुने निश्चित भएको आयोजक समितिका अध्यक्ष मनपसाद आङबुहाङले बताए ।
उक्त प्रतियोगिताको विजेताले ३ लाख १६८ रुपैयाँ र उप–विजेताले २ लाख १६८ रुपैयाँ हात पार्नेछन् । लिङदेनको जन्मोत्सवको अवसरमा फूटबल सहित अन्य विभिन्न खेतकुद प्रतियोगिता आयोजना गरिएको जनाइएको छ । जन्मोत्सवको अवसरमा म्याराथन, लठ्ठा तान्ने, हाँडी फुटाउने, छेलो, धनुकाँड, कराँतेलगायतका खेल आयोजना गरिएको मंगलबार उक पत्रकार सम्मेलन गरि जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार