रजीना, चिया र चुराेट(कथा)

  राजेन्द्र ढुङ्गेल

महेन्द्र रत्न बहुमुखी कलेजको पोशाकमा चिर परिचित आकृति ,
मैले उनकै छेउमा: इलामको पिपलको रुख अघिल्तिर बाइक रोके उनले पुलिक्क हेरीन र अर्को पट्टि फर्कीइन । मैले बाइकको लुकिंग ग्लास अलिकति बंग्याए आफैलाई हेर्दै हेल्मेट खोले र चस्मा निकाले । फिक्कलबाट इलामसम्म बाटाभरि धुलोसँग लाप्पा खेल्दाखेल्दा कलेटी परेका ओठ अनि फुस्रो अनुहार । मैले उनलाई बोलाए ‘रजीना ‘ उनी म तीर फर्कीइन मैले प्रश्न गरे “चिनेनौ कि के हो ?”
उनि औपचारिक हासो हसिन र प्रश्न गरिन् “आज कता बाट यहाँ ?”
“जिल्ला शिक्षामा काम छ” मेरो छोटो जवाफ ।
“हिड चिया पिउन जाऊ” मैले अनुरोध गरे ।
उनि अनकनाउदै “हैन मलाइ हतार छ, साथि पर्खेको मात्र यहाँ ।”
म कहा तेति सजिलै मान्थे र ” बरु म पुराइदिम्ला न एक कप चिया त हो”
उनि अफ्ठ्यारो मान्दै बाईकको पछि बसिन
मैले मालापथ तिर बाईक हुइकाए।
यो भन्दा अघि हामीले संगै कयौ पटक संगै खाजा चिया खाएको होटेल, जहाँ मैले उनलाई अन्तिम पल्ट देख्दा उनि अरु कसै संग थिईन र मलाइ देख्नासाथ भागेकी थिइन ।
हामी होटल भित्र पस्यौ मैले दुइ कप चिया मगाए “दिदि दुइ कप दूध चिया।”
“अनि चुरोट?”उनले व्यंग्य को भाव मा प्रश्न गरिन्।
हुन त मैले चुरोट पिउन छोडी सकेको थिए तर पनि स्पस्टिकरण दिन आवश्यक लागेन “होस् खान्न” मैले भन्दिए । तेत्तिकै मा उनको फोन बज्यो।
“हजुर म यहा मालापथ तेइ हामीले खाजा खाने होटेलमा” फोन काटियो ।
हामि दुवै मौन थियौ । कुरा सुरु गर्न नपाई एउट बाईक मेरै बाइकको छेउमा रोकियो र त्यो मान्छेभित्र पस्यो, हतारमा जस्तो देखिन्थ्यो उसको हेल्मेट टाउकोमै थियो। उसले म तर्फ हात अघि बढायो र मुसुक्क हास्यो मैले हात दिए ।
तत्काल उ उनीतिर फर्केर प्रस्न गर्यो “घर पुरादिनु कि ? १० बज्न लागिसक्यो अफिस पुग्न ढिलो हुनलाग्यो ।”
उनि जुरुक्क उठिन र भनिन “हुन्छ्न्त” र म तिर फर्केर भनिन “जान्छु ल ?” :
मैले नाइँ भन्न सकिन उनि निस्कीइन बाइक स्टार्ट भयो र गति लियो मैले छेउको धुलाम्मे आफ्नो बाइक हेरे मनमा लाग्यो बाइक धुने बेला भएछ र साहुनी तिर फर्केर कराए “दिदी एउटा चिया क्यान्सल अनि एउटा सुर्य चुरोट ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार