नवराज शंकरको नाममा प्रतिष्ठान स्थापना

कोरोना महामारीका कारण ज्यान गुमाएका नेकपा एमाले इलामका नेता तथा सामाजिक ब्यक्ति नवराज शंकरको नाममा ‘नवराज शंकर प्रतिष्ठान’ स्थापना गरिएको छ । प्रतिष्ठानको बुधबार इलाम सदरमुकाममा एक कार्यक्रमको आयोजना गरेर शुभारम्भ गरिदैछ । दिवगंत शंकरकी पत्नि विजु लकान्द्रीको अध्यक्षता प्रतिष्ठान स्थापना गरिएको हो । प्रतिष्ठनको संरक्षक नवराज शंकरका बाबु उमाकान्त विश्वकर्मा रहेका छन् भने प्रतिष्ठानको उपाध्यक्षमा देवेन्द्र विश्वकर्मा, सचिवमा इश्वरी तामाङ्ग र कोषाध्यक्षमा सुरेश पोर्तेल कोषाध्यक्ष छन् ।

      प्रतिष्ठानले नवराजले योगदान पु¥याएको सामाजिक क्षेत्रको बारेमा अध्ययन अनुसन्धा, प्रकाशन, शंकरको ब्यक्तित्व स्थापित गर्न काम गर्ने, युवाहरुलाई रचनात्मक कामको लागि उत्प्रेरित गर्ने, अक्षय कोषको स्थापना, एम्बुलेन्स सञ्चालन लगायतका काम गर्ने लक्ष्य राखेको छ । संकर राजनीति संगै विभिन्न सामाजिक संस्थामा क्रियाशील थिए । नवराज शंकर २० वटा भन्दा बढि राजनीतिक तथा सामाजिक क्षेत्रमा आवद्ध रहेको इलाम नगरपालिका दलित समन्वय समितिका अध्यक्ष मनकुमार बराइलीले बताए ।

      बुधबारनै नवराज शंकरले लेखेको ‘दलित आन्दोलन र अनुभूति’ नामको किताव पनि लोकार्पण गरिदैछ । संकरले लेखेको किताव उनी दिवंगत भएपछि इलाम नगरपालिका दलित समन्वय समितिले प्रकाशन गर्न लागेको हो । शंकरले यस अघि दुईवटा किताव लेखेका थिए । ‘समाजसेवी काले दमाई’ र ‘सकरात्मक विभेदको अवधारण’ शिर्षकको लेखेका छन् । नवराज शंकर गत वैशाखमा २२ गते कोरोनाबाट संक्रमित भएका थिए । उनको उपचारकै क्रममा जेठ २ गते ३४ वर्षको उमेरमा मृत्यु भएको थियो । उनी नेकपा एमाले इलामको सचिवालय सदस्य तथा कार्यालय सचिव, जिल्ला युवा समिति, बाल संगठनको समेत अध्यक्ष थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार