एकीकृत अखिल नेपाल शिक्षक संगठन इलाम अध्यक्षमा भट्टराई

एकीकृत अखिल नेपाल शिक्षक संगठन इलामको अध्यक्षमा उमाकान्त भट्टराई निर्वाचित भएका छन् । माओवादी केन्द्र निकट शिक्षक संगठनको दोस्रो परिषद भेलाबाट भट्टराईको नेतृत्वमा ३१ सदस्यीय जिल्ला कार्य समिती निर्वाचित भएको हो । समितिको वरिष्ठ उपाध्यक्ष पुर्णबहादुर लिम्बु, उपाध्यक्ष रुपनारायण अधिकारी, गोमा पोखरेल, चम्पा भण्डारी र चन्द्र तामाङ निर्वाचित भएका छन् ।

सचिवमा अमृत बहादुर लिम्बु, अर्थ सचिव लोकराज लिम्बु, सहसचिव स् शेखर निरौला,ज्ञानेश्वर श्रेष्ठ र मुना लकान्द्री रहेका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष राजेन्द्र चौहानको अध्यक्षता रहेको उद्घाटन सत्रकाे कार्यक्रममा माओवादी केन्द्र प्रदेश सदस्य टिका घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार