प्रदेश नामकरण अनिश्चित : राई

मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश १ को नामकरण अनिश्चित रहेको बताएका छन् । नामकरणको प्रस्ताव पारित गर्न मुख्य साँचो नेकपा एमाले रहेकाले उसको साथबिना अप्ठेरो अवस्थामा रहेको राईको भनाइ छ । मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा मंगलबार अपराह्न आयोजित संक्षिप्त पत्रकार भेटघाटमा उनले उक्त कुरा बताएका हुन् ।

बहुपहिचानका आधारमा नामकरण तोकिने बारेमा नेकपा समाजवादी सहित गठबन्धन दलको निष्कर्ष रहे पनि दुई तिहाइबाट पारित गर्न एमालेको साथ मुख्य रहेको राईले उल्लेख गरे । विगतका मुख्यमन्त्रीले नामकरणका लागि सहज अवस्थामा प्रस्तावमा समेत अघि नसारेको भन्दै उनले आफूले प्रदेशसभामा नाम प्रस्तावको लागि अघि सर्ने बताए । ‘नामकरणको लागि प्रदेशसभामा नाम प्रस्ताव गर्ने योजना छ,’ उनले भने । नामकरण प्रस्ताव आगामी हिउँदे अधिवेशनमा अघि सार्ने योजनामा रहेका राईले त्यसअघि एमालेलगायत दलहरूसँग छलफल गर्ने उल्लेख गरे । यसअघि बहुपहिचानको नाराबाट एमाले पछि सरेकोले कोसी प्रदेशमा अडिग रहेको प्रसंग जोड्दै राईले आफूहरू बहुपहिचानबाट पछि हट्न नसक्ने बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार