प्रेस सेन्टरकाे इलाम अध्यक्षमा बुद्दमाया

प्रेस सेन्टर नेपाल, इलामको पाँचौ जिल्ला सम्मेलनबाट अध्यक्षमा बुद्धमाया सोङ्मी निर्वाचित भएकी छन् । आज सदरमुकाममा सम्पन्न सम्मेलनमा उपाध्यक्षमा सरिता राई र लिलाबहादुर लिम्बू निर्वाचित बनेका छन् । यस्तै, सचिवमा नमीन ढकाल, सह–सचिवमा स्मिता देवान र किरण राई र कोषाध्यक्षमा रोशन काफ्ले रहेका छन् । यस्तै, संगठनको सदस्यमा गंगा पराजुली, गोपाल गिरी, तेजबहादुर घिमिरे, धमप्रसाद जबेगू, दलबहादुर लिम्बू, नवीन फागो र अंकित बराइली रहेका छन् । आजै सम्मेलनको खुला शत्र समेत सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार