सभापतिका आकाङ्क्षी भेषराज निकट चाैहान इलामको क्षेत्र नम्बर २ ‘क’ मा सभापतिमा निर्वाचित

इलाम सदरमुकाम समेत रहेको इलामको क्षेत्र नम्बर २ ‘क’ को नेपाली कांग्रेसको प्रदेशसभा निर्वाचनको क्षेत्रीय सभापतिमा गोपाल चौहान निर्वाचित भएका छन् । चौहानले जिल्ला सभापतिको आकाक्षी भेषराज आचार्यको समुहबाट जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा उम्मेद्वारी दिएका थिए ।

    इलाममा जिल्ला सभापतिका चार आकाक्षीहरुले मातहतको समितिहरुमा आ–आफ्नो समुह बनाएर चुनावी मैदानमा होमिएका छन् । जिल्ला सभापति हिमालय कर्मचार्य, जिल्ला सभापतिका आकाक्षी केशव थापा, भेषराज आचार्य र डम्बर खड्काले प्यानलै बनाएर चुनावमा उत्रिएका छन् । चौहानले दुईसय २९ मत ल्याएर सभापति जितेका हुन् । नेपालटारमा सम्पन्न अधिवेशनको मतपरिणाम अनुसार चौहानका निकटम प्रतिष्पर्धी राजेन्द्र बाँस्तोलाले एक सय ६० प्राप्त गरे । बास्तोला जिल्ला सभापति हिमालय कर्मचार्य निकट मानिन्छन् । चार प्रतिष्पर्धी मध्ये श्यामकुमार श्रेष्ठले ९८ मत पाए । उनी डम्बर खड्का निकट मानिन्छन् । त्यस्तै माधव बस्नेतले ८० मत पाएका छन् । उनी केशव थापा निकट हुन ।
उपसभापतीमा दुई सय ४४ मत सहित विष्णु सुब्बा र दुई सय ३५ मत पाएर मनकुमार गुरुङ निर्वाचित भएका छन् । उपसभापतिका प्रतिष्पर्धी कमलमणी खनालले एक सय ३१, सुतिता श्रेष्ठ कर्माचार्यले एक सय २४, शिवराज घिमिरेले एक सय ११ र शोभावती खत्री कार्कीले एक सय ३ मत पाएका छन् ।
दुई सचिवमा श्री बहादुर बिष्ठ र दिपेश खत्री विजयी भएका छन् । बिष्टले दुई सय ६७ र खत्रीले दुई सय २४ मत प्राप्त गरे । उनिहरूका प्रतिपष्र्धी गजेन सुब्बाले एक सय ४५, बिनोद न्यौपानेले एक सय ३१, मोहन पराजुली एक सय १४ र सन्तोष राईले ८० मत पाएका छन् । सह–सचिवमा राजेन्द्र पौडेल (रिकी) र सूर्यबहादुर कार्की निर्वाचित भएका छन् । सहसचिवमा निर्वाचित पौडेलले दुई सय ७० र कार्कीले दुई सय ५६ मत प्राप्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार