भेषराजनिकटकै‌ खगेन्द्र लिम्बु इलामको २ ‘ख’ को कांग्रेस सभापतिमा निर्वाचित

  आवाज स‌ंवाददाता

इलामको निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ मा नेपाली कांग्रेसको प्रदेश निर्वाचन क्षेत्रको सभापतिमा खगेन्द्र लिम्बु विजयी भएका छन् । उनले एक सय ५५ मत प्राप्त गरे । सभापतिमा निर्वाचित लिम्बु जिल्ला सभापतिका आकाक्षी भेषराज आचार्य समुहबाट प्रदेश निर्वाचन क्षेत्रको सभापतिको उम्मेद्वार बनेका थिए ।
उनको निकटम प्रतिष्पर्धी लक्षुमण राईले एक सय ७ मत पाए । उनी पुर्व जिल्ला सभापति केशव थापा निकट हुन् । त्यस्तै लक्षुमण कार्कीले ८८ मत पाएका छन् । कार्की जिल्ला सभापतिका आकाक्षी डम्बर खड्का समुहका उम्मेद्वार हुन् । प्रदेशसभा क्षेत्र निर्वाचन क्षेत्रको सभापतिका अर्का प्रत्यासी सुवास आङथुपो सुब्बाले ६९ मत प्राप्त गरे । उनी जिल्ला सभापति हिमालय कर्मचार्यको प्यालनबाट उम्मेद्वार बनेका थिए ।
उपसभापतिमा पदम केशर लिम्बु र हरि प्रसाद कोइराला विजयी भए । लिम्बुले दुई सय ५९ र कोइरालाले दुई सय १४ मत प्राप्त गरेका छन् । चार प्रतिष्पर्धी मध्ये पुष्पराज कार्की एक सय ५३ र हेमनारायण श्रेष्ठ राजनले एक सय १६ मत पाएका छन् । सचिवमा धनबहादुर लिम्बु भीमबहादुर मगर निर्वाचित भएका छन् । लिम्बुले एक सय ९९ र मगरले एक सय ९१ मत प्राप्ती गरेका छन् । पाँच प्रतिष्पर्धी मध्ये तुलसी कुमार बुढाथोकीले एक ४५, लोकेश अधिकारी एक सय ४२ र दिपक गौतमले ८७ मत प्राप्त गरेका छन् । सहसचिवमा सदेश राई र चन्द्र फियाक लिम्बु निर्वाचित भएका छन् । राईले दुई सय ६७ र लिम्बुले दुई सय २४ मत प्राप्त गरेका थिए । निकटतम प्रतिष्पर्धी भेषराज पराजुलीले एक सय ८८ मत पाएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार