नेपाली काङ्ग्रेस र नेकपा एमालेकाे महाधिवेशन चलिरहेकै बेला माओवादी केन्द्रले पनि थप क्रियाशील बनाउन थालेकाे छ । माओवादी केन्द्रले समाजवाद निर्माणको लागि “नयाँ क्रान्तिकारी बिचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौं” भन्ने नाराका साथ इलामका ३६ वडामा सम्मेलन गरेकाे छ । सम्मेलनले ५ जनाको पदाधिकारी सहित २९ सदस्यीय वडा समिति निर्वाचित गरेको हो ।
माइ नगरपालिकामा १० वटै वडामा नगर सम्मेलन सम्पन्न भएको छ । वडाध्यक्षहरुमा वडा नं.१ मा हेम बहादुर राई(उदय), २ मा राम बहादुर थापा, ३ मा दिल बहादुर पापो, ४ मा लक्ष्मण आले, ५ मा दिपेन्द्र राइ, ६ मा दल बहादुर योङहाङ, ७ मा होमनाथ वान्तावा, ८ मा मदन लोक्ताम, ९ मा राजु लोक्ताम र १० मा गिता कुमार ढकाल निर्वाचित भएका छ्न् । इलाम नगरपालिकामा ४ वडामा सम्मेलन भएको छ । इलाम नगरको वडाध्यक्षहरुमा २ मा प्रेम तामाङ, ३ मा विनय राइ, ६ मा देव तिखत्री निर्वाचित भएका छन् । यसै गरि सुर्योदय नगरपालिकाको २ वटा वडामा सम्मेलन भएको छ । वडाध्यक्षहरुमा १० मा विष्णु प्रसाद मैनाली र १३ मा गणेश राई रहेका छन् । देउमाइ नगरपालिकामा भने भोलि देखि सुरु हुनेछ । चुलाचुली गाउँपालिकामा सबै वडामा सम्मेलन सम्पन्न भैसकेको छ भने ३ नं. वडाको नतिजा आउन बाकिछ । वडाध्यक्षहरुमा १ मा पृथ्वी राइ, २ मा मैदाने राइ, ४ मा नरबहादुर बुढाथोकी, ५ मा स्यामन्त नेपाल र ६ मा दुर्गा नेपाली निर्वाचित भएका छ्न । मांसेबुङ गाउँपालिकामा ५ वडामा सम्मेलन सम्पन्न भएको छ । वडाध्यक्षहरुमा १ मा भुपाल लिम्बु, २ मा उमाकान्त कार्कि, ३ मा सजन राइ, ४ मा हर्क लावति र ५ मा सन्त बहादुर राइ रहेका छ्न । फाकफोकथुममा ३ वटा वडामा सम्मेलन सम्पन्न भएको छ । वडाध्यक्षहरुमा १ मा भोज बहादुर बोहोरा, ६ मा माधव पौडेल र ७ मा जगत लिम्बु निर्वाचित भएका छ्न । माइजोगमाइ गाउँपालिकामा ३ वडामा सम्मेलन सम्पन्न भएकोछ । वडाध्यक्षहरुमा २ मा दुर्गाबहादुर महत, ५ मा सन्त बहादुर राइ(दिपक) र ६ मा भिम बहादुर थेबे निर्वाचित भएका छन् । त्यसै गरि रोङ गाउँपालिकामा ३ वटा वडामा सम्मेलन सम्पन्न भएकोछ । वडाध्यक्षहरुमा १ मा खड्ग बजादुर राई, २ मा धनमाया प्रधान र ३ मा गणेश राइ निर्वाचित भएका छ्न ।
पार्टीलाइ नयाँ शिराबाट निर्माण गर्न हुदै गरेको आजको प्रथम वाडा सम्मेलन ३६ वडा सम्मेलन सम्पन्न भइसकेका छ्न भने बाकी ४५ वटा वडाहरुमा मंसिर १० गते सम्म सम्पन्न हुने नेकपा (माओवादी केन्द्र) इलामका कार्यालय सचिव एवं प्रमुख-प्रचार एवं प्रकाशन विभागका प्रकाश परियारले जानकारी दिए ।