इलाम नगरपालिका ७ का वडाध्यक्ष नरेश श्रेष्ठले जनप्रतिनिधिबापत् पाएको सुविधा सामाजिक काममा लगाउने भएका छन् । श्रेष्ठले सुविधा नलिने बताएपछि कानुनी अल्झनले गर्दा लिनु पर्ने बाध्यता आइलागेकाले सोही रकम सामाजिक सेवामा लगाउने भएका छन् । उनले खातामा जम्मा भएको पाँचलाख रुपैयाँ रकम सामाजिक काममा खर्चिएका छन । यतिमात्र होईन इलाम नगरपालिकाले वडाध्यक्षको लागि खरिद गरेको मोटरसाईकल पनि नचढेको बताएकाछन् । उनी भने,‘हामी जनताको सेवा गर्न आएका हौ त्यसैले जनभावना अनुसार सेवा गर्नुपर्छ ’
उनको सेवासुविधा वापत खातामा जम्मा भएको पाँचलाख रुपैयाँ मध्ये एक लाख रुपैया पालिकाको पार्टी कार्यालय व्यवस्थापन र विभिन्न चुनावको लागि सहयोग गरेको श्रेष्ठ बताउछन । बाँकी रकम मध्ये दुई लाख रुपैयाँ इलाम बजारको माईस्थान मन्दिरमा रहेका परेवाका लागि चारो खरिद गर्न निर्माण भएको अक्षयकोषमा लगाए भने दुईलाख रुपैयाँ जिल्ला पार्टि कार्यलय निर्माणमा छुट्याएका छन । उनी नेपाली काँग्रेसबाट वडाध्यक्ष जितेका हुन । उनी २०४६ सालको विद्यार्थि आन्दोलनबाट राजनितिमा होमिएका हुन । नेपाल तरुनदल इलामका अध्यक्ष रहेका श्रेष्ठ यतिबेला नेपाली कांग्रेसको १४ औ अधिवेशनमा श्रेत्रिय सभापति पदकोे उमेद्वार पनि घोषण गरेका छन ।