कांग्रेस क्षेत्रीय प्रतिनिधि चुनाबमा ५०० मत गणना गर्दा, यस्ताे छ मत परिणाम

  आवाज स‌ंवाददाता

पछिल्लाे मत गणनाअनुसारर क्षेत्र नं. १ को महाधिवेशन प्रतिनिधिमा खुलातर्फ पुन: जिल्ला सभापतिका उम्मेदवार डम्बर खड्काले  अग्रता देखाएका छन् । सुरुवाती पाँच सय मत गणना गर्दा ३०५ मत प्राप्त गरेका छन् । यस्तै, दोस्रो मत इलामका पुराना कांग्रेस नेता तोयानाथ भट्टराईको २५० मत प्राप्त भएको छ । यस्तै तेस्रो बेनुपराज प्रसाईको मत २४ मत प्राप्त गरेका छन् । यस्तै, महाधिवेशन प्रतिनिधि खस आर्य कोटामा सञ्जीव ढकालको १६८ मत, दुर्गा सुवेदी १३९, देवेन्द्र सुवेदी १२८ मत प्राप्त गरेका छन् । सात जनाको उम्मेदवारी परेकोमा दुई जना खस आर्यबाट प्रतिनिधि चुनिने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार