इलाम क्षेत्र नंं. २ को क्षेत्रीय सभापतिमा इदिङ्गोको अग्रता, क्षेत्रीयतर्फ पनि भेषराज प्यानल दर्विलाे

इलाम क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा डिकेन्द्र इदिङ्गोले सुरुवाती अग्रता कायम राखेका छन् । यस्तै, हालसम्म ३५० मत गणना गर्दा इदिङ्गोले १२९ मत ल्याएका छन् भने अर्का अध्यक्षका उम्मेदवार नुतनदेव दुलाल ८९ मत ल्याएर दोस्रो अग्रता देखाएका छन् । यस्तै, तेस्रोमा नरेश श्रेष्ठले ५२ मत ल्याएका छन् भने मनकुमार बुढाथोकीले २३ मत प्राप्त गरेका छन् । जिल्ला सभापतिका आकांक्षी चार जनाले छुट्टाछुट्टै प्यानल बनाएर क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका थिए । इदिङ्गो सभापतिका आकांक्षी भेषराज आचार्य प्यानलका हुन् भने दुलाल जिल्ला सभापति एवम्् सभापतिका अर्का आकांक्षी हिमालय कर्माचार्य निकट हुन् । श्रेष्ठ पूर्वसभापति केशव थापा निकट हुन् भने बुढाथोकी डम्बर खड्का निकट मानिन्छन् । प्रदेश क्षेत्रमा समेत भेषराज निकट तीन उम्मेदवार सभापितमा जीत निकालेका थिए भने एक ठाउँमा खड्काका उम्मेदवारले विजयी गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार