यी हुन् कांग्रेसका क्षेत्र नं. १ का जीत निकाल्ने केन्द्रीय महाधिवेशन प्रतिनिधि(विस्तृत विवरण)

  आवाज स‌ंवाददाता

मंसिर, ७ : नेपाली कांग्रेसको इलाम क्षेत्र नं. १ को महाधिवेशन प्रतिनिधिका प्रतिनिधि चुनिएका छन् । खुलातर्फ १० जनाको कोटामा २६ जनाको उम्मेदवारी दर्ता भएको थियो । सोहीअनुसार सर्वाधिक मत ल्याएर डम्बर खड्का (४४९) ले बिजयी भएका छन् भने क्रमश ः तोयानाथ भट्टराई(३६९), बेनुपराज प्रसाईं (३६०), उद्वव पौडेल(२९९), हिमाल मास्के(२९७),प्रेमलाल राई (२५८), देवेन्द्रकुमार राई(२४९),भुपेन्द्र कट्टेल(२४२), श्यामप्रसाद खड्गी(२४२),हरिप्रसाद लुइटेल(२४२) निर्वाचित भएका छन् ।
खुला महिला
महिला खुलातर्फ हरिकला श्रेष्ठले सर्वाधिक मत ३७८ ल्याएकी छन् । चार जनाको कोटामा नौ जनाको उम्मेदवारी परेको थियो । जसअन्ुसार क्रमश ः खगेश्वरी पौडेल (३०३),उत्तमलता श्रेष्ठ (२६८),कोमला (कमला) कट्टेल (२४७) ल्याएर महाधिवेशन प्रतिनिधि छनौट भएका छन् ।
खस आर्य
यस्तै, खसआर्यतर्फ सञ्जीव ढकाल(२४७), दुर्गा सुबेदी (१९२) मत ल्याएर महाधिवेशन प्रतिनिधि चुनिएका छन् । पाँच जना उम्मेदवारमध्ये दुई जना विजयी भएका छन् ।
खस आर्य (महिला)
खस आर्यतर्फ देउकुमार कट्टेल(२१२) विजयी बनेकी छन् । आदिवासी जनजाति खुलातर्फ ध्रुव राई (२९७),जंगबहादुर गुरुङ (२७८), सन्तोष गुरुङ(२६४), धनबहादुर आले (२०३) जीत हासिल गरेका छन् ।
आदिवासी जनजाति (महिला)
आदिवासी जनजाति महिलातर्फ रोङ गाउँपालिका उपाध्यक्ष समेत रहेकी चन्द्रकला राई(३६७)ले सवोत्कृष्ठ मत ल्याएकी छन् । यस्तै मेनुका प्रधान (३०९), प्रवीना राई(२६६) मत ल्याएर विजयी भएका छन् ।
दलिततर्फ
कांग्रेसको महाधिवेशन प्रतिनिधिमा दलिततर्फबाट क्षेत्र नं.१ मा जीवन नेपाली (३०३) मत ल्याएर विजयी भएका छन् भने अल्पसंख्यक अपांग÷मधेशी कोटाबाट टीकाराम सुब्बा (लेप्चा) ३०८ मत प्राप्त गरेर विजयी भए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार