इलाम क्षेत्र नं. १ : संस्थापन १० र इतरपक्षमा १६ प्रतिनिधि निर्वाचित (विस्तृत विवरण)

  आवाज स‌ंवाददाता

नेपाली कांग्रेसको इलाम क्षेत्र नं. १ को महाधिवेशन प्रतिनिधि चयनमा संस्थापन इतर पक्ष (काेइराला–पौडेल) पक्ष बलियो देखिएको छ ।
आज चुनिएका २६ प्रतिनिधि मध्ये १६ प्रतिनिधि संस्थापन इतर पक्षका छन् भने बाँकी १० जना मात्र संस्थापन (देउवा÷निधि) पक्षका छन् । आज विजयी हुनेमध्ये खुलातर्फ भने ५÷५ जना प्रतिनिधि संस्थापन र इतरपक्षमा निर्वाचित बने । यस्तै, महिला खुलातर्फ तीन प्रतिनिधि संस्थापन इतर पक्षका र संस्थापन पक्षतर्फ एक प्रतिनिधि मात्र निर्वाचित बनेका छन् ।
यस्तै, खस आर्य खुलाबाट एक÷एक जना दुवै पक्षका उम्मेदवार निर्वाचित भएका छन् । खस आर्य महिलातर्फ एक प्रतिनिधि संस्थापन इतरबाटै निर्वाचित बनेकी छन् । यस्तै, आदिवासी जनजाति खुलातर्फ संस्थापनतर्फबाट एक र संस्थापनइतरबाट तीन जना निर्वाचित भएका छन् ।
यस्तै, आदिवासी जनजाति महिलातर्फ संस्थापन इतरबाट तीन र संस्थापनतर्फबाट एक जना, दलिततर्फ संस्थापनतर्फबाट एक जना, अल्पसंख्यक÷अपांगता कोटाबाट संस्थापन इतरबाट एक जना निर्वाचित बनेका छन् ।
जिल्लामा संस्थापन पक्षको नेतृत्व केशव थापा र डम्बर खड्काले गर्छन् भने संस्थापन इतर पक्षको नेतृत्व हिमालय कर्मचार्य र भेषराज आचार्यले गर्छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार