इलाम क्षेत्र नं. १ काे कांग्रेस सभापतिमा समशेर राई विजयी

  आवाज संवाददाता

नेपाली कांग्रेसको इलाम क्षेत्र नं. १ मा को सभापतिमा समशेर राई विजयी बनेका छन् ।उनले दुई सय ४७ मत ल्याएरविजयी बनेका छन् । यस्तै, भीष्म प्रधान दुई सय १४ मत,दुर्गा बरालको एक सय ९७ मत र मिलन क्षेत्री २१ मत ल्याएका छन्। समेशर जिल्ला सभापतिका आकांक्षी भेषराज आचार्य निकट उम्मेदवार हुन् । यस्तै सचिव पदमा राजकुमार लिम्वू र यामन लामा विजयी बनेका छन् ।  लिम्बुले २५४ मत ल्याए भने लामाले २३१ मत ल्याएका छन् । यसैगरी सह सचिवमा प्रज्वल भट्टराइले ३१० र बुद्रधराज लिम्बु २६६ मत ल्याएका छन् ।

यसअघिको प्रदेश क्षेत्रीय चुनाबमा समेत चार क्षेत्रमध्ये तीन ठाउँमा भेषराजकै उम्मेदवार विजयी बनेका छन् भने एक क्षेत्रमा खड्का निकटका उम्मेदवार निर्वाचित बनेका छन् । जिल्लाको पदाधिकारीमा समेत भेषराजकै टिमले हालसम्म अगुवाइ गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार