इलामको क्षेत्र नम्बर २ मा पनि संस्थापन इतर समुहनै बलियो देखिएको छ । महाधिवेशन प्रतिनिधिको निर्वाचनमा संस्थापन इतर समुहको प्यानलबाट धेरै निर्वाचित भएका छन् । २५ जना महाधिवेन प्रतिनिधि निर्वाचित क्षेत्रनम्बर २ मा संस्थापन शेरबहादुर देउबा निकट १० जना निर्वाचित भएका छन् भने १५ जना संस्थापन इतर समुहको प्यानलबाट निर्वाचित भएको कांग्रेस निकट श्रोतले जानकारी दिएको छ ।
दश जना महाधिवेशन प्रतिनिधि चयन हुने खुला तर्फ भेषराज आचार्य (६६५), तारा थापा (६३०), होम दुलाल (६०५), पूर्णप्रसाद गौतम (५८२), केशव थापा ((५७१), केदार थापा (५५५) हरिप्रसाद खनाल (५४०) गोविन्द गिरि (५३९), नगेन्द्र कुमाल (५३८) र हिमाल कर्माचार्य (५०३) मत पाएर निर्वाचित भएका छन् । त्यस्तै खला महिलातर्फ प्रेमिका राना मगर (६३९), बिष्णु दहाल (६१३), चन्दा कार्की (४५९) र शान्तिकला तामाङ राई (४५१) मत सहित महाधिवेशन प्रतिनिधि चयन भए ।
खस आर्यतर्फबाट राजकुमार कार्की (३६०), लक्ष्मण चम्लागाईं (३५३), खसआर्य महिलातर्फबाट बिमला भन्डारी (४६३) महाधिवेशन प्रतिनिधि चयन भएका छन् । यस्तै आदिबासी जनजातीतर्फ खगेन्द्र देवान (८०८), इश्वर चिपालु (५९३) र वसन्त थाम्सुहाङ (५८१), आदिबासी जनजाती महिलातर्फ चन्द्रमाया लिम्बू (६८३), बबिता लिङ्देन (५१४) र जुनु कुमारी माखिम (४५५) निर्वाचिन भएका छन् । दलितकोटाबाट धनमान बरायली (४७३), र अल्पसंख्यककोटाबाट देबेन्द्र मुखिया (४९३) मत पाएर महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।
















