निर्देशक रिनाशा राई काङ्ग्रेस महाधिवेशन प्रतिनिधिमा इलामबाट पराजीत

   निर्देशक तथा चर्चित कोरियोग्राफर रिनाशा वान्तवा कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छिन् । इलामको क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिको चुनाव भिडेकी रिनाशा महाधिवेन प्रतिनिधिको दौडबाट बाहिरिन् । रिनाशाले आदिवासी जनजाति महिला कोटामा महाधिवेशन प्रतिनिधिको लागि उम्मेद्वारी दर्ता गराएकी थिइन् ।

तीन जना महाधिवेशन प्रतिनिधि चयन हुने आदिवासी जनजाति महिला कोटामा पाँच जनाको उम्मेद्वारी परेको थियो । रिनाशाले पाँचौ मत मात्रै पाइन । यो कोटाबाट चन्द्रमाया लिम्बु (६८३), बबिता लिङङम (५१४) र जुनुकुमारी माखिम (४५५) मत पाएर केन्द्रिय महाधिवेशन प्रतिनिध चुनिए । महाधिवेशन प्रतिनिको दौडमा चौथो भएकी सरिता श्रेष्ठले (४२२) र पाँचौ भएकी रिनाशाले (३४३) मत पाएकी छिन् ।

इलामको चुलाचुली पुख्र्यौली घर भएकी रिनाशा केहिसमय अघि मात्रै इलाम आएकी थिइन् । रिनाशा ‘इन्टुमिन्टु लन्डनमा’ चलचित्रकी निर्देशक हुन् भने उनले सयौ गीतमा कोरियाग्राफरको रुपमा काम गरेकी छिन् । उनले ‘डान्सिङ्ग युइद स्टार’ नामको टेलिभिजन शोमा ‘जर्ज’ को भूमिका निर्वाह गरेकी थिइन् । १५ वर्षदेखि निरन्तर कलाकारिता क्षेत्रमा क्रियाशील उनी आफ्नो क्षेत्रमा स्थापित छिन् । चर्चित कोरियोग्राफर तथा चलचित्र निर्देशक रिनाशाको घर इलामको चुलाचुली गाउँपालिका ४ आइतबारे हो ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार