नेकपा माओवादी केन्द्रले इलाम जिल्लाको नौ वटा पालिकाको सम्मेलन सम्पन्न गरेको छ । दश स्थानीय तह रहेको इलाममा नौवटा पालिकाको सम्मेलन सम्पन्न भएको माओवादी केन्द्रका कार्यालय सचिव प्रकाश परियारले जानकारी दिए । सन्दकपुर गाउँपालिका बाहेक अन्य पालिकामा सम्मेलन सकिएको छ । सन्दकपुर गाउँपालिकामा पनि शनिबार सम्मेलनको आयोजना गरिएको छ । आल सम्मेलन भएका धेरै ठाउँमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो भने केही पालिकामा निर्वाचनबाट नेतृत्व चयन भएको छ । माइजोगमाई गाउँपालिकामा कुविरमान राईको अध्यक्षतामा ५१ सदस्यीय कमिटि चयन भएको छ । किमिटको उपाध्यक्षमा झुलेन्द्र पौडेल र भविन खत्रि र प्रेम तामाङ निर्वाचित भएका छन् । उपाध्यक्ष भने मतदान प्रक्रियाबाट टुङ्गो लगाइएको हो । यस्तै सचिवमा देविभक्त शिवाकोटी, सहसचिवमा बिपिन भट्टराई र कोषाध्यक्षमा देवीमाया राई चयन भएका छन् ।
चुलाचुली गाउँपालिकामा पृथ्बीराज राईको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरिएको छ । त्यसको उपाध्यक्षमा धनदेवी पोख्रेल, दीपक श्रेष्ठ र गजेन्द्र सुनुवार रहेका छन् । सचिवमा भगीरथ भट्टराई, सहसचिवमा नरायण निरौला र कोषाध्यक्षमा इन्द्रकुमार नेम्वाङ चयन भएका छन् ।
यता माई नगरपालिकामा भने धनकुमार लिम्बुको अध्यक्षतामा ६५ सदस्यीय कमिटि गठन भएको छ । माई नगर कमिटिको उपाध्यक्षहरुमा रञ्जना थापा, विनोद नेम्वाङ र सन्तोष लोक्ताम चयन भएका छन् । नगर समितिको सचिवमा चक्र कटुवाल, सहसचिवमा समिर राई र कोषाध्यक्षमा युवराज ढकाल चयत भएका छन् । इलाम नगरपालिकामा प्रवास शर्माको अध्यक्षतामा ५५ सदस्यीय कमिटि बनाइएको छ । त्यसको उपाध्यक्षमा विक्रम लिम्बु, अर्जुन राई (दिपेन) र विक्रमजित राई चयन भएका छन् । सचिवमा तारानिधि घिमिरे, सहसचिवमा नविन फागो र कोषाध्यक्षमा विविमाया लिङदम चुनिएका छन् ।
देउमाई नगर समितिको अध्यक्षमा भने शान्ता बस्नेत चयन भएकी छिन् । त्यस्तै उपाध्यक्षमा अशोक प्रधान, तारा सुवेदी र टिकाराम बराइली निर्वाचित भएकी छिन् । नगर सचिवमा तुलसी लिम्बु, सहसचिवमा प्रेम कुमार राई र कोषाध्यक्षमा सारदा राई चयन भएकी हुन् ।
सूर्योदय नगरकमिटिको अध्यक्षमामा भने संदिप तामाङ्ग चयन भएका छन् । ५५ सदस्यीय कमिटिको उपाध्यक्षमा देवीप्रसाद उप्रेती र घनश्याम पौडेल र सोनिका राई, सचिवमा मेहेरराज आचार्य, सहसचिवमा विपिन पोख्रेल र कोषाध्यक्षमा पुष्पराज आचार्य चयन भएका छन् । फाकफोकथुम गाउँपालिकामा केवी वान्तवाको अध्यक्षतामा ४५ सदस्यीय समिति पालिका समिति गठन गरिएको छ । समितिको उपाध्यक्षहरुमा लक्ष्मण घतानि, केदारनाथ खनाल र अरुण दर्लामी छन् । सचिवमा प्रकाश राई, सहसचिवमा हेमकर्ण निरौला र कोषाध्यक्षमा विष्णुमाया थापा चुनिएका छन् ।
माङसेबुङ गाउँपालिकामा जनम खम्बुको अध्यक्षतामा ४५ सदस्यीय कमिटि गठन गरिएको छ । प्रथम गाउँपालिका सम्मेलनबाट उपाध्यक्षमा नरबहादुर लिम्बु, पृथ्बीमान जवेगू र देविकुमार लिम्बु चयन भएका छन् । त्यस्तै सचिवमा डकिन्द्र लिम्बु, सहसचिवमा सुरेश राई र कोषाध्यक्षमा मीना कुमारी मगर चुनिएका छन् । माओवादी केन्द्रले रोङ गाउँपालिकाको अध्यक्षमा देउकुमार राई चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा भक्त खवास, सरस्वती विक र चन्द्रप्रकाश कुवर निर्वाचित भएका छन् । समितिको सचिवमा इन्द्रबहादुर राई, सहसचिमा राम राई र कोषाध्यक्षमा इच्छाराम राई चुनिएका छन् ।