प्रचण्ड-नेपाललाई सन्देश दिन ओली सरकारले हटायो प्रदेश २ का प्रमुख

 

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छन्।

परियारलाई हटाएर उनको ठाउँमा राजेश झालाई नियुक्त गरिएको छ। मन्त्रिपरिषदले परियारको बर्खास्तगी र झाको नियुक्तिका लागि कहिले सिफारिस गरेको थियो भन्ने यकिन छैन।

राष्ट्रपति भण्डारीले संविधानको धारा १६५ को (ख) अनुसार परियारलाई पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

संविधानको उक्त धारामा प्रदेश प्रमुखको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले पदमुक्त गरेमा पद रिक्त हुने उल्लेख छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार