जबरजस्ती करणी मुद्दाका दोषीलाई ५–५ वर्ष कैद

१४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सुर्योदय नगरपालिकाका दुई व्यक्ति विरुद्ध जिल्ला अदालतले ५–५ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधिश हरिश्चन्द्र इङ्गनामको इजलासले सूर्योदयका २३ वर्षीय लोकबहादुर भुजेल र २३ वर्षकै सुमन राईलाई ५–५ वर्ष कैद सजाय सुनाएको जिल्ला अदालत इलामले जनाएको छ । अदालतले भुजेललाई ३० हजार रुपैयाँ पीडितका नाममा क्षतिपूर्ति भराउने र एक हजार रुपैइाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्नै फैसला भएको जनाएको छ । यस्तै राईले ५ हजार क्षतिपूर्ति तथा एक हजार ८ सय पीडित राहत कोषमा जम्मा गर्नृपर्ने आदेशमा भनिएको छ ।
भुजेल र राईले ०७६ मंसिर १४ गते पीडित बालिकालाई जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योग गरेको भन्दै मुद्दा दर्ता भएको थियो ।
यस्तै जिल्ला महिलामाथि अभद्र व्यवहार गरेको मुद्दामा थुनामा रहेका इलाम नगरपालिका– १२ का कृष्ण भन्ने रेशबहादुर राउतलाई आठ महिना कैद सजाय सुनाएको छ । राउत विरुद्ध अदालतमा सार्वजनिक स्थान वा प्रवेश गर्ने कानूनी अधिकार नभएको स्थानमा प्रवेश गरी अभद्र व्यवहार गरेको (पटके कसुर गरेको) विषयमा मुद्दा चलेको थियो ।
यसैगरि ५२ वर्षीया एक महिलामाथि जबरजस्ती करणी सम्बन्धी मुद्दा चलाईएको सन्दकपुर – ३ का संजय भनिने डाकबहादुर मगरलाई पनि जिल्ला अदालतले कसुरदार ठहर गरेको छ । कसुरदार ठहर भएपनि सजाय निर्धारण हुन बाँकी रहेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार