देउमाईमा पनि बन्यो नेकपा एकीकृत समाजवादी पार्टी,अध्यक्षमा केशर राई

  आवाज स‌ंवाददाता

नेकपा एकीकृत समाजवादी पार्टीकाे देउमाई नगरपालिकाकाे अध्यक्षमा  केशर राईका अध्यक्षतामा नयाँ कमिटी गठन भएकाे छ । उपाध्यक्ष लोकप्रसाद चम्लागाई, सचिव चित्र मोरोहाङ, उपसचिव मिना राई र सन्दिप राई रहेका छन् । पार्टी जिल्ला अध्यक्ष भक्त केसी, विशेष अतिथि युवा संघका उपमहासचिव तथा प्रवक्ता सन्जिप राई, बुद्दिजीवि पुष्प ढुङ्गाना, डम्बर गदालको उपस्थितीमा पार्टी गठन गरिएको हाे । यस्तै सुनिल राईको अध्यक्षतामा ४९ सदस्यीय युवाको नगर कमिटी गठन गरिएको छ । युवको सचिव तेजेन्द्र राउत रहेका छन् । याम राईको नेतृत्वमा ९९ सदस्यीय पिपुल्स भोलेन्टियर्स गठन भएको पार्टीका जिल्ला सचिव हरि बालाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार