कांग्रेस प्रदेश अधिवेशनमा इलामका छ उम्मेदवार, दुई निर्विरोध

  आवाज स‌ंवाददाता

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशनका लागि इलामका छ जनाले जिल्ला सदस्यमा उम्मेदवारी दिएकामध्ये दुई जना सर्वसहमत भएका छन् । उम्मेदवारी दिएकामध्ये गोविन्द गिरी र हरिकला श्रेष्ठ सर्वसहमतिबाट निर्वाचित भएका छन् । कांग्रेसको भूगोल(जिल्ला)बाट उम्मेदवारी दिएका गिरी र श्रेष्ठको ठाउँमा अरु कसैको उम्मेदवारी नपरेपछि सर्वसहमत भएका हुन् ।

गिरी जिल्लाबाट पुरुष र श्रेष्ठ महिला कोटाबाट मनोनयन दर्ता गरेका थिए । अन्य उम्मेदवारमा खस आर्य कोटाबाट पदम पौडेल, खुलाबाट धनमान बराइली, आदिवासी जनजाति महिला कोटाबाट पम्फा पुलामी मगर र आदिवासी जनजाति खुला कोटाबाट ज्योतिकुमार राई रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार