क्यान्सर पीडित मदनलाई सहयाेग गर्न आग्रह

  आवाज सम्वाददाता

परिवारसँग मदन

इलाम । इलाम नगरपालिका वडा नं. ६ चुरेघाँटी निवासी क्यान्सर रोगले पीडित ३२ वर्षीय मदनकुमार राईले सहयोगको याचना गरेका छन् ।
घरायसी आर्थिक अवस्था समेत कमजोर रहेको र उपचारमा ठूलो रकम लाग्ने भएकाले उनले सहयोगको याचना गरेका हुन् ।
सवारी चलाएर जीविकोपार्जन गरिरहेका मदनको हाल विपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । ११ वर्षकाे छोरा र ७ वर्षीया छोरीसँग बस्दै आएका उनको उपचारमा हालसम्म ६ लाख रुपैयाँ खर्च लागेको श्रीमती सुजता राईले बताइन् । थप उपचारका लागि आर्थिक अभाव भएको पनि उनले बताइन् ।
मदनको उपचारका लागि खर्च अभाव हुन नदिनका लागि सहयोग संकलन भइरहेको पूर्वेली जीप तथा ट्याक्सी यातायात प्रालिका बिब्ल्याँटेका अध्यक्ष रोशन श्रेष्ठले बताए । प्राइम बैंक बिब्ल्याँटे शाखामा रहेको खाता नम्बर १०१००६९६SA मा सहयोग रकम जम्मा गरेर मदनको जीवन बचाउनका लागि सहयोग गर्न परिवारले अनुरोध गरेको छ । इसेवाकाे  ९८५२६८०२२० मार्फत पनि सहयाेग गर्न सकिने छ । मदनको उपचारका लागि विभिन्न ब्यक्तिहरुबाट सहयोग उठिरहेको र हालसम्म ७५ हजार रुपैयाँ संकलन भएको पूर्वेली जीप तथा ट्याक्सी यातायात प्रालिका बिब्ल्याँटेका अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिए ।

उपचारकाे क्रममा मदन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार