इलामकी श्रेष्ठ राप्रपा उपाध्यक्षमा पराजीत

  आवाज स‌ंवाददाता

गृह जिल्ला इलाम भएकी लीलादेवी श्रेष्ठ राप्रपाको उपाध्यक्षमा पराजीत भएका छन् । महिला उपाध्यक्षमा उम्मेदवारी दिएकी श्रेष्ठले दोस्रो बढी मत ल्याएर पराजीत भएकी हुन् ।
महिला उपाध्यक्ष पदमा रोशन कार्कीले १५८९ मत, लीलादेवी श्रेष्ठले १०५४ मत र दुर्गा श्रेष्ठ ८०५ मत ल्याएका छन् । संविधान सभा सदस्यसमेत रहेकी श्रेष्ठ राजेन्द्र लिङ्देन प्यानलबाट उठेकी थिइन् । राप्रपाको अध्यक्षमा भने राजेन्द्र लिङ्देन भएका छन् । निर्वाचन समितिका अनुसार लिङ्देन १ हजार ८ सय १७ मत पाएर अध्यक्षमा विजयी हुँदा कमल थापाले १ हजार ६ सय १७ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार