प्रदेश नं. १ सामाजिक विकास मन्त्री जयराम यादवले इलाम अस्पतालको निरीक्षण गरेका छन । इलामको सन्दकपुर गाउँपालिकाको मावुमा संगठनको जनजागरण कार्यक्रममा जाने क्रममा अस्पतालको निरीक्षण गरेका हुन् । निरीक्षण पछि संवोधन गर्दे मन्त्री यादवले अस्पतालमा भएको समस्याको समाधानमा लाग्ने बताएका छन् । उनले अस्पताल भएको कर्मचारी अभावको पदपूर्तिका लागि पनि पहल गर्ने बताए ।
उनले कर्मचारी अभाव पदपूर्ति करारमा राखेर सम्भव नहुने र प्रदेश लोकसेवा खोल्न कानुनी समस्या रहेको बताए । मन्त्री यादवले यसका लागि केन्द्र सरकारसँग पनि सम्पर्कका रहेको सुनाए । त्यसलाई चाँडो भन्दा चाँडो विज्ञापन खोलर नै समस्या समाधानमा लाग्ने बताए ।
जनशत्ति अभावका कारण इलाम अस्पतालमा केही समयअघि मात्रै भेन्टिलेटर ल्याइयो अहिलेसम्म प्रयोगमा आउन सकेको छैन । कोरोना महामारीको समयमा पनि जनशक्ति अभावको कारण भेन्टिलेटर सञ्चालनमा आउन सकेको थिएन । यस विषयमा पनि मन्त्री यादवले पहल गर्ने बताएका छन् ।