निर्माण व्यवसायी संघ इलामको नेतृत्वमा रस्साकस्सी, चार आकाङ्क्षी 

  आवाज स‌ंवाददाता

निर्माण ब्यवसायी संघ इलामको नवौ जिल्ला अधिवेशन आइतबारबाट शुरु हुँदैछ । व्यवसायी संघको नेतृत्वको लागि चार जना आकाक्षी देखिएका छन् । अध्यक्षको लागि हालसम्म चार जनाले उम्मेद्वारी घोषणा नै गरिसकेका छन् । आइतबारबाट शुरु हुने अधिवेशनबाट बर्तमान अध्यक्ष सुभाष चिपालु फेरी अध्यक्षमा दोहोरिन चाहान्छन् । संघका पूर्व अध्यक्ष राजकुमार भक्तराज पनि अध्यक्षका आकाक्षी हुन् ।

      त्यस्तै अधिवेशनको लागि सन्तोष कटुवालले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेर निर्माण व्यवसायहीहरुसंग लविङ बढाएका छन् । अध्यक्षकै लागि डिल्लीराम खनालले पनि उम्मेद्वारी घोषणा गरेका छन् । निर्माण व्ययवसायी संघमा चार जनाको उम्मेद्वारी हुने भएपछि निर्माण ब्यवसायी बृतमा चुनावी सरगर्मी बढेको छ । आइतबार उद्घाटन कार्यक्रमपछि ब्यवसायी संघको पदाधिकारी र कार्यसमिति सदस्य चयनको लागि मनोनयन दर्ताको कार्यक्रम रहेको छ । आइतबार सर्वसम्मत रुपमा नेतृत्व चयन नभए सोमबार मतदान हुनेछ । अध्यक्ष सहित पदाधिकारीमा धेरै आकाक्षी देखिएकाले सर्वसम्मत रुपमा नेतृत्व चयन हुनेसम्भावना कम रहेको स्रोत बताउँछ । इलाममा २२० जना निर्माण ब्यवसायी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार