यस बर्षको मानवअधिकार बर्ष पत्रकारिता पुरस्कार पाँचथरका पत्रकार बास्कोटालाई

यस बर्षको मानवअधिकार बर्ष पत्रकारिता पुरस्कार पाँचथरका पत्रकार भीमकुमार बास्कोटालाई प्रदान गरिएको छ ।
हरेक बर्ष मानवअधिकारको क्षेत्रमा कलम चलाउने एक पत्रकारलाई प्रदान गरिने सो पुरस्कार यस बर्ष बास्कोटालाई प्रदान गरिएको हो । बास्कोटा अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक र एपीवान टेलिभिजनको पाँचथर संवाददाता हुन् । मानवअधिकार मञ्च नेपाल, इलामले प्रत्येक बर्ष अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा प्रदान गर्ने गरेको छ ।  मानवअधिकारको क्षेत्रमा निरन्तर कलम चलाउने प्रदेश नं. १ भरका एक पत्रकारलाई मञ्चले रु १० हजार राशिसहित पुरस्कृत गर्ने गर्दछ । बास्कोटालाई जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बराल, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, इलामका प्रमुख जिल्ला अधिकारी ध्रुबवहादुर खड्का र मञ्चका अध्यक्ष मोहनसिंह थेवेले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए । यसअघि मञ्चले बिराटनगरका यज्ञ शर्मा, झापाका चन्द्र भनडारि र पर्वत पोर्तेल, इलामका सटेन्द्र जबेगु र कोकिला ढकाल, खोटाङका दमन राइ, र ताप्लेजुङका आनन्द गौतमलाइ यो पुरस्कार प्रदान गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार