इलाम । इलामको तारादेवी गुरुङ नेकपा एमालेको केन्द्रीय सदस्य मनोनित भएकी छिन् ।
हिजोदेखि जारी नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटीको बैंठकले गुरुङलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । एमालेको केन्द्रीय कमिटीमा विधानतः ५ प्रतिशत केन्द्रीय सदस्य मनोनित गर्ने व्यवस्था छ । सोही अनुसार एमालले ४३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । बिएण्डसी अस्पताल विर्तामोडका सञ्चालक दुर्गा प्रसाई पनि एमालेको केन्द्रीय सदस्य मनोनित भएका छन् ।
यसअघि चितवनमा सम्पन्न १४ औं महाधिवेशनबाट इलामका राम राना केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । यसरीनै इलाम क्षेत्र नं. २ का सांसद सुवासचन्द्र नेम्बाङ उपाध्यक्षमा निर्वाचित भएका थिए । केन्द्रीय कमिटीमा चाहना राखेका र अधिकांश जिल्लाका नेता र कार्यकर्ताहरुको रुचाएका मणि सुब्बा केन्द्रीय सदस्य मनोनित हुन सकेनन् ।