इलाम । एक वर्ष अघि खुकुरी प्रहार गरि एक आधारभूत विद्यालयका शिक्षक हत्या गर्ने माई नगरपालिका– १ का ४६ वर्षीय पदमबहादुर राईलाई जिल्ला अदालत इलामले जन्मकैदको फैंसला सुनाएको छ ।
०७७ असोज २९ गते माई नगरपालिका– १ स्थित अम्लिसे भन्ज्याङ आधारभूत विद्यालयका शिक्षक ४६ वर्षीय पुष्पलाल राईको पदमबहादुरले घाँटीमा पछाडिबाट खुकुरी प्रहार गरि हत्या गरेका थिए । पुष्पलालको घरमै गएर खुकुरी प्रहार गर्दा पुष्पलालको घटना स्थलमै मृत्यु भएको थियो । विहान मृत भेट्टिएका पुष्पलालको हत्याको अनुसन्धान गर्न प्रहरीले धरानबाट घट्नास्थलमा ‘लैला’ नामको ट्रयाकर (कुकुर) झिकाई ट्रयाकिङ गरेर पदमबहादुरलाई पक्राउ गरेको थियो ।
आरोपित राईलाई जन्मकैद सँगै पीडितका नाममा ५० हजार रुपैयाँ क्षतिपूर्ति र पीडित राहत कोषमा दुई हजार आठ सय रुपैयाँ जम्मा गर्ने गरि फैंसला सुनाइएको अदालतका श्रेस्तेदार फडिन्द्र भट्टराईले बताए ।