इलाम । आफन्त पर्ने तीन बर्षकी बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले इलामको फाकफोकथुम ४ का ६२ वर्षका एक बृद्धलाई पक्राउ गरेको छ । भतिति साइनो पर्ने बालिकालाई जवरजजस्ती करणी गरेको आरोप लागेको ति ब्यक्तिलाई जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक गंगा थापाले जानकारी दिए ।
पीडकले बालिकालाई घरैमा बोलाएर यौनजन्य क्रियाकलाप गरेको प्रहरीले बताएको छ । बालिकाको आमा दिएको जाहेरीको आधारमा ति ब्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको हो । प्रहरीका अनुसार बालिका र पीडक आफन्त हुन् । उनीहरुबीच भतिजि छोरी र ठूलोबुबाको सम्बन्ध पर्छ । पीडित र पीडकबीच हाडनाता पर्ने भएकाले प्रहरीले पीडकको बिस्तृत जानकारी सार्वजनिक गरेको छैन ।
पीडकले छिमेकमा रहेकी बालिकालाई घरैमा बोलाएर ललाईफकाई यौनजन्य क्रियाकलाप गरेको प्रहरीले बताएको छ । ‘पीडकको यौनजन्य क्रियाकलाप जवरजस्ती करणीको भाषा भित्र पर्छ’, प्रहरी नायब उपरीक्षक थापाले भने ।