गोष्ठी तथा अभियान कार्यक्रम सम्पन्न

  आवाज स‌ंवाददाता

इलाम सन्दकपुर गाउँपालिको वडा नं ३ सुलुबुङमा गोष्ठी तथा अभियान कार्यक्रम सम्पन्न भएको छ । मानवअधिकार समूहको आयोजना तथा इन्सेकको सहयोगमा स्थानीय समुदायसँगको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले सञ्चालित ईएलपी परियोजनाले निर्धारित गरेका शिक्षा ,स्वास्थ्य, खाद्य र आवासका स्थानीय समुदायमा भएका माग दावीहरुलाई सरोकारवालाहरुले उठान गरेका थिए । कार्यक्रममा शिक्षा क्षेत्रको तर्फबाट शिक्षक पुजन शिवाले विद्यार्थीको बसाइको कमजोर रहेको, सरकारले वितरण गरेको दिवा खाजा प्राविहरुमा जंग फुडजन्य चिजहरु प्रयोग गरेको र सरकारले विनियोजन गरेको रकम दिवा खाजामै गर्नुपर्ने नीति बनिएको तर कार्यन्वयन नभएको जानकारी गराए ।
त्यस्तैगरी हेल्पोष्ट इञ्चार्ज सुजता लुङगेलीले लोरिङटार स्वास्थ्य चौकीमा प्रविधिक कर्माचारीमा महिला मात्र रहेको र प्रविधिक कर्माचारीको अभाव रहेको ,लुरिङटार स्वास्थ्य केन्द्रमा अहेबको दरबन्दी भएपनि खालि रहेको त्यस्तै महिला डेलिभरी गराउँदा स्वास्थ्य केन्द्रको परार्मश नलिबाहिर लगि राखेको बताइन् । त्यस्तै मानवअधिकार समूह सन्दकपुरका अध्यक्ष प्रकाश पराजुली प्रकाश पराजुलीले कृषिमा रोगको प्रकोप बढेको कृषि बजारीकरणको अभाव रहेको र माटो परीक्षण अभाव रहेको बताए ।
मानवअधिकार समूह सन्दकपुरका अध्यक्ष प्रकाश पराजुलीको अध्यक्षता र सन्दकपुर गाँउपालिका कार्यपालिका सदस्य तुलसी ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सन्दकपुर गाउँपालिका ३ का वडा सदस्य तारा लकान्द्री ,समाजसेवी हरिकृष्ण खतिवडा, हेल्पोष्ट इन्चार्ज सुजता लुङगेलीलगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन इन्सेक सहजकर्ता नारदमणी चापागाइले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार