नेकपा एस निकट अनेरास्ववियूको प्रारम्भिक कमिटी महेन्द्र रत्न वहुमुखी क्याम्पसमा गठन

  आवाज संवाददाता

नेकपा एस निकट अनेरास्ववियू महेन्द्र रत्न बहुमुखी क्याम्पस प्रारम्भिक कमिटी गठन भएको छ । कमिटीको अध्यक्षमा किरण गौतम, उपाध्यक्षमा दिलिप हाङ लिम्बू, सारा राई,सचिवमा कृति राई रहेका छन् । यस्तै, सह–सचिवमा सजना खत्री, प्रदिप नेपाल, पवन प्याकुरेल र कोषाध्यक्षमा देवीमाया लिम्बू रहेका छन् ।

   अनेरास्ववियू केन्द्रीय स्थायी कमिटी सदस्य मानबहादुर गुरुङ्ग ,अनेरास्ववियू इलाम जिल्ला कमिटी अध्यक्ष कमरेड डिकेन्द्र दाहाल र अनेरास्ववियू इलाम जिल्ला कमिटी सचिव  चेतन अधिकारीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार