कांग्रेस महाधिवेशनमा महामन्त्रीमा टक्कर : रक्षामन्त्री नै रक्षात्मक

  आवाज संवाददाता

नेपाली कांग्रेसको महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ। बाहलवाला मन्त्री मिनेन्द्र रिजाल कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका थिए । तर, उनी हालसम्म गणनाको प्रारम्भिक नतिजा सुखद छैन । उनी अन्तिमबाट दोस्रो मत ल्याइरहेका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारका रक्षामन्त्री मिनेन्द्र रिजाल आन्तरिक प्रतिष्पर्धामा रक्षात्मक देखिएका छन् । महामन्त्रीमा प्रारम्भिक गणनादेखिनै लिएको अग्रता गगन थापाले बढाउँदै लगेका छन्।
दोस्रो स्थानमा विश्वप्रकाश शर्मा र प्रकाशशरण महतबीच कडा प्रतिश्पर्धा भइरहेको छ। उनीहरूलाई प्रदीप पौडेलले पछ्याइरहेका छन्।

यस्तै महामन्त्री अन्य उम्मेदवार मिनेन्द्र रिजाल र राजाराम कार्की धेरै पछि परेका छन्।

नेपाली कांग्रेसको महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्माले निरन्तर अग्रता देखाएका छन् । हालसम्म १४९५ मत गणना गर्दा गगन थापाले ९५५ मत ल्याएका छन् भने दोस्रोमा विश्वप्रकाश शर्माले ६६० मत ल्याएका छन् । यस्तै, अर्का उम्मेदवार प्रदीप पौडेलले ४४९ मत ल्याएका छन् । डा. प्रकाशशरण महतले ४९१ ल्याएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार