राष्ट्रियसभा निर्वाचनका लागि मतदान केन्द्र तोकियो

निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र तोकेको छ। आयोगले प्रदेश १ मा २ वटा मतदानस्थल र अन्य ६ प्रदेशमा १/१ वटा मतदानस्थल भित्र २/२ वटा मतदानकेन्द्र गरहनेगरी १४ वटा मतदानकेन्द्र तोकेको जनाएको छ।

प्रदेश १ मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमखु र उपप्रमुखको लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, प्रदेश सभा सदस्यका लागी वाली संरक्षण प्रयोगशालामा मतदानस्थल तोकिएको छ। यसैगरी प्रदेश २ का लागि महेन्द्रनारायण निधि भवन, बागमती प्रदेशका लागि औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र, दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढीमा मतदानस्थल तोकिएको छ।

आयोगले प्रदेश सभा सदस्यहरु ५३२, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नागरपालिकाका प्रमुख र उपप्रमुख १४९३ गरी २०२५ जनाको मतदाता नामावली यसअघि नै स्वीकृत गरिसकेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार