एमालेको १९ पदाधिकारीपछिको पहिलो वरीयतामा घनश्याम भुसाल परेका छन् । १९ पदाधिकारीसहित ४५ जनाको स्थायी कमिटीमा भुसाल २० औं वरीयतामा छन्। उनी नवौं महाधिवेशनमा उपमहासचिव निर्वाचित भएका थिए।दसौं महाधिवेशनमा उपाध्यक्षको उम्मेदवार बनेका थिए। पार्टी अध्यक्षको उम्मेदवार बनेका केपी ओलीको प्यानलमा भुसाल परेका थिएनन् ।
ओलीले आफ्ना विरूद्धमा उम्मेदवार बनेका भीम रावल, भुसाल, सचिवको उम्मेदवार बनेका टंक कार्की, भीम आचार्यलगायतलाई मतदान नगर्न उर्दीसमेत जारी गरेका थिए।भुसाललाई ओलीले सक्रिय जिम्मेवारी भने दिएका छैनन्। उनलाई अर्थ तथा योजना विभागको प्रमुख बनाइएको छ। भुसाल आफू स्कुल विभागमा बस्न चाहेका थिए।