एमालेको वरीयता सच्याइयोः गोकर्ण र योगेशको बढुवा, लेखराज दोस्रोमा

नेकपा एमालेले दशौं महाधिवेशनबाट निर्वाचित सात सचिवको वरीयता सच्च्याएको छ । नयाँ वरीयता क्रमअनुसार टोपबहादुर रायमाझी पहिलो स्थानमा परेका छन् ।  त्यस्तै, क्रमशः लेखराज भट्ट, गोकर्णराज विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्या अर्यालको वरीयता कायम गरिएको छ । यसअघि छविलाल विश्वकर्मा र रघुवीर महासेठभन्दा गोकर्ण विष्ट र योगेश भट्टराई पछाडि थिए ।

नयाँ वरीयताअनुसार गोकर्ण र भट्टराई माथि उक्लिएका छन् भने विश्वकर्मा र महासेठ पछाडि परेका छन् । ओलीको नेतृत्वमा बसेको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकले अन्तरपार्टी निर्देशन जारी गर्दै नेताहरूको जिम्मेवारी तोकेको हो। जसअनुसार अध्यक्ष केपी शर्मा ओलीले पार्टीको समग्र नेतृत्व गर्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मा दिइएको छ।

उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह संयोजन गर्ने जिम्मेवारी दिइएको छ। यस्तै उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय संयोजन, उपाध्यक्ष रामबहादुर थापालाई कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षा तथा उपाध्यक्ष विष्णु पौडेलले साङ्गठनिक कामको अनुगमनको जिम्मेवारी तोकिएको एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी)मा उल्लेख छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार