आइतबार सार्वजनिक विदा दिन

  आवाज संवाददाता

सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले पुस ४ गते आइतबार पर्ने उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवश(धान्यपूर्णिमा)को अवसरमा  सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृहमन्त्रालयका उपसचिव बसन्त भट्टराईले सूचना जारी गरी बिदा बारे जानकारी गराएका छन् । पुस १ गते बसेको मन्त्रिपरिषद् बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार